अर्घाखाँचीमा भोलीदेखि सबै विद्यालय बन्द गर्न माओवादी केन्द्र निकट अनेरास्वियु क्रान्तिकारीको आग्रह


नविन रसाईली 
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लामा बैशाख १४ गतेदेखि सबै विद्यालय बन्द गर्न नेकपा माओवादी केन्द्र निकट अनेरास्वियु क्रान्तिकारीले प्रेस विज्ञप्ति निकालेको छ । 
माओवादी निकट अनेरास्वियु क्रान्तिकारीले राष्ट्रिय स्वाधिनताका लागि भारतिय नाकाबन्दीको विरुद्ध होस् वा निशुल्क, सर्बशुलभ, गुणस्तरीय, सिपमुलक र रोजगारमुलक शिक्षामा आम नागरिकको पहुँचको बिषयलाई प्रधान मुद्दा बनाई नेपालको विद्यार्थी आन्दोलनलाई सिर्जनात्मक बाटोमा अगाडि बढाउने कार्यमा सधै अनेरास्वियु तयार रहने अनेरास्वियु को जिकिर छ । 
 
गएको वर्षमा कोेभिड १९ वियन्त्रण गर्न चालिएको कदम पश्चात केहि सहजीकरण आएकोमा अहिले दोस्रो लहरको संक्रमणले पुरै विश्व पुःन आक्रान्त पारेको भन्दै विद्यालय बन्द गर्न आग्रह गरेका हुन । 
कोरोनाको बढ्दो संक्रमणबाट विद्यार्थी र विद्यालय नै सबैभन्दा जोखिमपूर्ण अवस्थामा छन् । यस्तो विषम परिस्थितिमा पनि अर्घाखाँची  जिल्लाका सार्वजनिक तथा निजी विद्यालयहरुले कोभिड संक्रमण बिस्तार नियन्त्रण र रोकथामका लागि कुनै तात्पर्यता नदेखाएको विद्यार्थीको भनाई छ । 
कोरोना संक्रमण तिब्र भैरहँदा विद्यार्थीहरुमा बढ्दै गएको जोखिमको स्थितीलाई मध्यनजर गर्दै २४ घण्टा भित्र सयौंको संख्यामा भौतिक उपस्थितिमा बिद्यालयमा गरिने पठनपाठनलाई वैकल्पिक माध्यमबाट संचालन गर्न समेत आग्रह गरेका छन् । 
यसै सन्दभमा रुपन्देहि जिल्लाको तिलोतमा नगरपालिका वडा नं. १, नयाँमिल स्थित प्यारामाउण्ट बोर्डिङ्ग स्कुल कक्षा १० मा अध्ययनरत विद्यार्थी प्रतिभा सापकोटाको ज्वरोको कारण भएको निधनको घटना बारे पनि उनिहरुले पे्रस विज्ञप्तिमा उललेख गरेका छन् । उनि विद्यालयको छात्रावासमा बसेर अध्ययनरत १५ वर्षिय छात्रा सापकोटाको विगत २ दिन देखि परिक्षाको कारण देखाउदै समयमा विद्यालयले उपचार गराउन ध्यान नदिदा निज छात्राको निधन भएको हो । उनिहरु  नेपाल सरकार समक्ष उक्त घटनाको सत्य तथ्य छानविन गरी दोषिलाई कडा भन्दा कडा कारबाहीको दायरामा ल्याउदै पिडित परिवारलाई उचित क्षतिपुर्तीको जोडदार माग गरेको कुरा बताएका छन् । 
यस किसिमका घटना घट्नुपूर्ब नै सतर्कता अपनाउन सम्बन्धित सबै पक्षहरू सँग अनुरोध गरेको छ ।