सन्धिखर्क र भूमिकास्थानले बार्षिक परीक्षा यथावत संचालन गर्ने, अरु सबै पालिकाले स्थगित – विधालय बन्द


अर्घाखाँचीडट्कम संवाददाता 
खनदह, अर्घाखाँची   (अर्घाखाँचीडट्कम) । कोरोनाको जोखिम बढेपछि अर्घाखाँची जिल्लाको शितगंगा नगरपालिका, मालारानी गाँउपालिका, छत्रदेव गाउँपालिका, र पाणिनी गाउँपालिका आजदेखि अर्को निर्णय नभएसम्मका लागि पालिका भित्र रहेका सम्पूर्ण  शैक्षिक संस्था बन्द गर्ने निर्णय गरेको छ । 
गाँउपालिका प्रमुख प्रशासकीय अघिकृत रमेश पन्थीले एक प्रेस विज्ञप्ती जारी गदै यही बैशाख १९ गतेबाट हुने बार्षिक परीक्षा समेत स्थगित गरेको प्रत्यक्ष शिक्षण क्रियाकलाप समेत बन्द गर्ने निर्णय भएको  दैनिक कार्यालयका काम भने जारी रहने ति पालिकाका प्रेस विज्ञप्तीमा उल्लेख गरिएको छ ।
उता सन्धिखर्क नगरपालिका र भूमिकास्थान नगरपालिकाले वैशाख १४ गतेदेखि १८ गतेसम्म पठनपाठन बन्द गरे पनि बार्षिक परीक्षा यथावत संचालन गर्ने भएका छन् । 
सन्धिखर्क नगरपालिकाले नगर अन्तर्गतका सम्पूर्ण विद्यालयका विद्यार्थीहरुलाई भोली बैशाख १४ गते मंगलबारदेखि १८ गते शनिबारसम्म विदा दिई घरैमा सुरक्षित रुपमा स्वाध्ययन गर्न लगाउने र १९ गते आईतबारदेखि २ शिफ्टमा (कक्षा १ देखि ५ सम्म बिहान १०:०० बजे र ६ देखि ९ सम्म दिउँसो २:०० बजे देखि) परीक्षा संचालन गर्ने भएको छ ।