सितापुरका स्व. प्रेम क्षेत्रीका छोराको १० कक्षासम्म पढाई शुल्क गौरिशंकर बोर्डिङ स्कुलद्धारा मिनाहा


अर्घाखाँचीडट्कम संवाददाता 
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको शितगंगा नगरपालिका वार्ड नम्बर २ सितापुरका कोरोना संक्रमणका कारण निधन भएका स्वर्गीय प्रेम वहादुर क्षेत्रीका एक छोराको पढाईको लागि सन्धिखर्कमा रहेको गौरिशंकर बोर्डिङ स्कुलले १० कक्षासम्म आधा शुल्क मिनाहा गर्ने भएको छ । 
सितापुरका कोरोना संक्रमणका कारण निधन भएका स्वर्गीय प्रेम बहादुर क्षेत्रीका ४ कक्षमा अध्ययनरत पंकज छेत्रीको पढाईको गौरिशंकर बोर्डिङ स्कुलले १० कक्षासम्म आधा शुल्क मिनाहा गर्ने भएको हो ।
यस्तै रिटर्नी माइग्रेन्ट नेपाल अर्घाखाँची शाखाले पनि जेष्ठ महिनासम्मको सबै शुल्क बुझाई सहयोग गरेको छ । स्वर्गीय प्रेम रिटर्नी माइग्रेन्ट नेपाल जिल्ला कार्य समितीका सकृय सद्स्य थिए । यस्तै सन्धिखर्कमा इलेक्ट्रोनिक्स व्यवसाय गर्दै आएका थिए । 
  
कोरोना संक्रमणका कारण युनिभर्सल मेडिकल कलेज भैरहवामा उपचारकै क्रममा गत वर्ष २०७७ साल मंसीर ३ गते प्रेमको मृत्यु भएको थियो ।