डिआरजी सुमन
दुर्गाफाँट, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको पाणिनी गाउँपालिकाको दुर्गाफाँटमा आवधिक योजना निर्माण गर्ने उद्देश्यले प्रारम्भिक कार्यशाला गोष्ठी सम्पन्न भएको छ ।
पाणिनी गाँउपालिकाभित्रको समग्र जनसंख्या मुख्य गरी दलित, जनजाति, महिला, सिमान्तकृतसमुदाय को जनस्तरमा सुधार गरी गाँउपालिकाको विकासलाई अपेक्षाकृतअवस्थामा पुर्याउनेगरी योजना गोष्ठी लक्षित रहेको सहजिकर्ता डा. केशव आचार्यले वताउनु भएको छ ।
यस योजना कार्यान्वयन को वाटो भने ५ वर्ष को लागी निर्धारण गरिएको छ ।नतीजामा आधारित दूरदृष्टि लक्ष र उद्देश्य हाँसील गर्न सवै कार्यक्रम को नतीजातयगरी सहभागितात्मक रुपमा वडा तथा वस्ति स्तरका समुदाय लाई समावेशगरी वार्षिक लक्ष्य का आधारमा कार्यान्वयन गर्ने सहजकर्ताको भनाई छ । पाणिनी गाँउ पालिकाका विभिन्न वडा ,वस्ति , जनसमुदायमा अन्तर्निहितसमस्याहरुको पहिचान र सोको कारण तथा समाधान का उपाय सहित विद्यमानसम्भावनाहरुको पहिचान र विश्लेषणका आधारमा कार्यक्रम तथा वजेट तयगरीकार्यक्रम संचालन गर्ने गरी कार्यक्रम तय गराएको थियो ।
पाणिनी गाँउ पालिकाद्धारा आयोजित कार्यक्रम तथा स्कोलर नेपाल प्रालीकोसहजिकरणमा सम्पन्न गोष्ठीमा पाणिनी गाँउ पालिका अध्यक्ष अच्युतगौतम,उपाध्यक्ष लक्ष्मी गौतम,प्रमुख प्रशासकीय अधिकृत नेत्र प्रसाद घिमिरेको , वडा अध्यक्ष, कार्यपालिका सदस्य,वडा सदस्य , पत्रकार, विभिन्नसरोकारवालाको उपस्थिती रहेको कार्यक्रम पाणिनी गाँउ पालिका कोसभाहलमा सम्पन्न भएको थियो । पाणिनी गाँउ पालिका इन्जीनियर मोहराजपौडेल को सन्चालनमा सम्पन्न कार्यक्रममा पाणिनी गाँउ पालिका उपाध्यक्षलक्ष्मी गौतम,पाणिनी गाँउ पालिका प्रमुख प्रशासकीय अधिकृत नेत्रप्रसादघिमिरे र पाणिनी गाँउ पालिका अध्यक्ष अच्युत गौतम को मन्तव्य रहेको थियो ।
आवधिक योजना सम्बन्धि कार्यक्रममाको लागी वडा स्तरिय अभिमुखीकरणतथा छलफल को लागी २०७८ वैसाख १४ गते विहान ०७ वजे वडा नं १पणेना,दिउसो ०१ वजे पाणिनी २ पोखराथोक, १५ गते विहान ०७ वजे वडा नं ३खिदीम,०१ वजे पाणिनी ४ पटौटी,१६ गते विहान ०७ वजे वडा नं ६ धातिवाँग , दिउसो ०१ वजे वडा नं ५ मैदान , १६ गते विहान वडा नं ०७ वजे अड्गुरी र दिउसो०१ वजे पाणिनी गाँउ पालिका वडा नं ०८ पालिको वडा कार्यालयमा छलफलकार्यक्रम तय गरिएको पाणिनी गाँउ पालिका ईन्जीनीयर मोहराज पौडेल लेवताउनु भएको छ । – तस्वीर डिआरजी सुमन/अर्घाखाँची डटकम ।