अर्घाखाँचीमा डिभिजन वन कार्यालयद्धारा वन्यजन्तु पिडितहरुलाई राहत स्वरुप चेक हस्तान्तरण


सुर्य भुसाल
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्ला डिभिजन वन कार्यालयले बन्यजन्तुहरुबाट पिडित बनेका बिभिन्न ठाउँका पिडित ब्यक्तिहरुलाई राहत स्वरुप चेक हस्तान्तरण गरेको छ । 
डिभिजन वन कार्यालय अर्घाखाँचीमा कुशल राष्टसेबक डिभिजन वन अधिकृत मोहन प्रसाद श्रेष्ठ हाजिर भएपछि डिभिजन वनबाट दैनिक अनुगमनलाई तिब्र पार्ने चोरी निकासी रोक्ने नियमित गस्ति गर्ने नर्सरीहरुलाई ब्यबस्थित बनाउने जस्ता कामहरुलाई तिब्र पारिएको छ । 
कार्यालय प्रमुख नै दैनिक फिल्मा खटेर अनुगमन गर्न थालेपछि फिल्डमा रहेका कर्मचारीहरु पनि अनुगमन निरिक्षणमा रातदिन नभनी खटिएका छन बिगतमा चोरी निकासीका गुनासा आउने  गर्थे यसपटक कुनै सुनिएको छैन् सरोकारवालाको भनाई छ । 
डिभिजन वन कार्यलयले मातहतका सबै सब डिभिजनहरुमा पनि नर्सरी बनाउने काम गरि रहेको छ । पहिला पनि सहायक बन अधिकृतको रुपमा अर्घाखाँचीमा काम गरेका मोहन प्रसाद श्रेष्ठ वन मन्त्रालय अन्तरगत  कुसल कर्मचारीको रुपमा परिचित छन । 
डिभिजन वन कार्यालय अर्घाखाँचीमा बन्यजन्तुबाट पिडित ब्यक्तिहरुलाई राहात बितरण गरिएको वन कार्यालयले जनाएको छ ।