अर्घाखाँचीडट्कम संवाददाता
काठमाडौँ (अर्घाखाँचीडट्कम) । उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री एवं नेकपा एमालेका माेर्चा संगठन ईन्चार्ज टोपबहादुर रायमाझीलाई कोरोना संक्रमण पुष्टि भएको छ । मन्त्री रायमाझीलाई सोमबार काठमाडौं स्ठित राष्ट्रिय सरूवा रोग अस्पताल टेकुमा परिक्षण गर्दा कोरोना पुष्टि भएको हो ।
वैशाख ११ गते शनिबार भुमिकास्थान नगरपालिकालाई १ करोड २७ लाख रुपैया बराबरको चेक हस्तान्तरण कार्यक्रममा रायमाझी ।
पिसिआर जाँच गर्दा मन्त्री रायमाझीको श्रीमती योगमाया रायमाझी, छोरा सन्दिप रायमाझी, छोरी सन्ध्या रायमाझी, ज्वाइँ बद्री थापा र निजी सचिव नारायण खत्री सहित सात जनालाई पनि कोरोना पुष्टि भएको छ ।
मन्त्री रायमाझीको काठमाडौं स्ठित वीरेन्द्र सैनिक अस्पताल छाउनीमा उपचार भइरहेको छ । अहिले उनको स्वास्थ्य अवस्था सामान्य रहेको छ । मन्त्री रायमाझीका स्वकीय सचिव लिला जिसी र प्रेस संयोजक अर्जुन भुसालको कोरोना रिपोर्ट भने नेगेटिभ आएको छ ।
पछिल्लो समय उर्जा मन्त्री रायमाझी सँग प्रत्यक्ष सम्पर्कमा आउनुहुने नागरिकलाई सुरक्षित रहन भनिएको छ ।
उनी पारिवारीक तथा अर्घाखाँचीमा आयोजना गरिएका कार्यक्रममा सहभागी भएर दुई दिन अगाडि काठमाडौँ फर्किएका थिए।