अर्घाखाँचीमा जिल्ला अदालतद्धारा न्यायिक बाह्य पहुँच कार्यक्रम सम्पन्न


प्रेमनारायण आचार्य
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्ला अदालतको आयोजनामा सन्धिखर्कमा न्यायिक बाह्य पहुँच कार्यक्रम सम्पन्न भएको छ ।
 
नगरपालिका भित्र रहेका १२ वटै वडाका सहभागीहरुलाई प्रशिक्षण दिदै  जिल्ला न्यायधिस वासुदेव न्यौपानेले अदालतबाट हुने सेवा प्रबाह र मुद्धाका बारेमा जानकारी गराउनु भयो । उनले अदालतबाट छिटो न्याय दिनकालागि कार्यलयले कुनै पनि कसुर बाकी नराखेको बताउनु भयो । 
अन्यायमा परेका व्यक्तिहरुलाई न्याय दिलाउनु अदालतको काम भएको बताउदै अदालतमा न्याय लिन जाँदा छिटो छरितो र सरल तरिकाबाट न्याय दिलाउन जिल्ला अदालत  लागि परेको बताउनु भयो ।
जनतासंग न्यायधिस कार्यक्रम अन्तर्गत जिल्ला न्यायधीस न्यौपानेले फरक मुद्धा ब्यबस्थापन सम्बन्धि विषयमा प्रशिक्षण प्रदान गर्नु भएको थियो । 
सन्धिखर्क नगरपालिका वडा नम्वर १ का कार्यबहाक अध्यक्ष आशा परियारको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा जिल्ला अदालतका श्रेस्तेदार महेश खनाल, वैतनिक कानून व्यवसायी पवित्रा भट्टराई, लगायतले मन्तब्य राख्नु भएको थियो । 
कार्यक्रम जिल्ला अदालतका सूचना अधिकारी टेकराज गैरेको सञ्चालनमा सम्पन्न भएको हो ।