अर्घाखाँचीका दोकाने माइलोको जताततै चर्चा | गोलमालका हास्य कलाकारदेखि सफल व्यवसायसम्म


अर्घाखाँचीडट्कम संवाददाता 
काठमाडौँ (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको मालारानी गाउँपालिका वार्ड नम्बर नम्बर २  अर्घातोषको लामा पोखरा घर भएका नेपाल टेलिभिजनबाट प्रसारण हुने चर्चित हास्य टेलिश्रीङ्खला गोलमालका हास्य कलाकार दोकाने माइलो अर्थात् दुर्गा बन्जाडेको चर्चा पछिल्लो समय गाउँदेखी शहरसम्म चुलिएको छ।
कोरोना महामारी र लकडाउनले धेरै ब्यबसायीहरुको व्यवसाय थला परेको बेला ३५ वर्षिय दुर्गा बन्जाडे अर्थात् दोकाने माइलोले पसलका सबै सामान आफ्नै शरीरको विभिन्न भागमा राखेर गाउँमा सामान बेच्न हिड्ने गर्थ्ये । जसका कारण चर्चामा आए । भने लकडाउन कारण सबै व्यवसायीहरु सडकमा पुगेको बेला दोकाने माइलो उदारणिय समेत बनेका छन् । हास्य कलाकारमा स्थापित दोकाने माइलोले हास्य टेलिश्रीङ्खला भद्रगोल, गोलमाल र दर्जनौ म्युजिक भिडियोमा समेत अभिनय गरिसकेका छन् । 
मध्यम परिवारमा जन्म लिएका बन्जाडे कलाकारीता बाहेक पछिल्लो समय सफल व्यापारीको रुपमा पनि चिनिएका छन् । सानैदेखि कलाकारितामा खुबै रुचि राख्ने दुर्गा मसला कम्पनिको प्रबन्धक पनि हुन् । दुर्गा भन्छन्; “कला क्षेत्र आफ्नो रुचि भएता पनि व्यवसाय आफ्नो दैनिकी हो ।  कला क्षेत्रमा लागेपछि व्यापार समेत बढेको छ ।”  
लाखौ दर्शकको मन मुटुमा बस्न सफल कलाकार दोकाने माइलोले अभिनय गर्ने गोलमाल पछिल्लो समय निकै चर्चामा रहेको टेलिश्रीङ्खला हो। गोलमाल नेपाल टेलिभिजनमा हरेक बिहिबार बेलुकी ८:५० बजे प्रसारण हुन्छ ।
बन्जाडे बाबुआमाका नौ सन्तान मध्येका ठाइलो छोरा हुन् । उनका ३ दिदिहरु र ६ दाजुभाई छन् ।   
अर्घाखाँची डट्कमको प्रत्यक्ष कार्यक्रममा पुरस्कार सौजन्य कलाकार दुर्गा बन्जाडे (दोकाने माइलो ) ले गर्दै आएका छन् ।  उनले बेला बेलामा अर्घाखाँची डट्कम मार्फत कोभिडका बेला मास्क सौजन्य गरेका थिए । अर्घाखाँचीका इमान्दार बन्जाडेले सामाजिक कामका साथै गरिव विपन्न गरिवहरुलाई सहयोग  गर्दै आएका छन् ।