हंसपुरका एक पुरुषको कोरोना संक्रमणका कारण निधन


नविन रसाईली
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको मालारानी गाउँपालिका वार्ड नं. ७ हंसपुरको बामरुक लेवसेका एक पुरुषको कोरोना भाइरसका कारण ज्यान गएको छ । 
हंसपुरको बामरुक लेवसेका ६० वर्षिय राम प्रसाद भुसालको कोरोना भाइरसका कारण आज मंगलवार  अर्घाखाँची जिल्ला अस्पतालमा ज्यान गएको हो।
भुसाल गत चैत २९ गते १६ दिन अघि भारतबाट आएका थिएँ । भारतबाट आएका केहि समयपछि उनिमा ज्वरो आएको  थियो । उपचारका लागि बेशाख ८ गते बुटवल लुम्बिनी अस्पतालमा गएका थिएँ । लुम्बिनी अस्पतालमा उपचारका लागि वेड नपुगेपछि उनलाई पुन: घर ल्याईएको थियो ।  
भुसालकाे शव नेपाली सेनाकाे सहयाेगमा आज साँझ व्यवस्थापन गरिएकाे छ ।
स्वास्थ्यमा अझ बढी असर परेपछि उनलाई आज जिल्ला अस्पताल ल्याईएको थियो । उपचारका लागि जिल्ला अस्पताल ल्याएपछि उनको जिल्ला अस्पतालमा आज मृत्यु भएको विजय वि.क ले जानकारी दिनुभएको छ ।