अर्घाखाँचीडट्कम संवाददाता
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका र भूमिकास्थान नगरपालिकाले परीक्षा संचालन रोक्ने तथा शैक्षिक संस्था बन्द गर्ने निर्णय गरेका छन् ।
कोरोनाको जोखिम बढेपछि सन्धिखर्क नगरपालिका र भूमिकास्थान नगरपालिकाले यस अगाडिको निर्यण पुन: विचार गर्दै परीक्षा संचालन रोक्ने तथा शैक्षिक संस्था बन्द गर्ने निर्णय गरेका हुन् ।
यस अघि शितगंगा नगरपालिका, मालारानी गाँउपालिका, छत्रदेव गाउँपालिका, र पाणिनी गाउँपालिका अर्को निर्णय नभएसम्मका लागि पालिका भित्र रहेका सम्पूर्ण शैक्षिक संस्था बन्द गर्ने निर्णय गरेका थिए ।
उता जिल्लामा गत वर्ष लामो समय विधालय बन्द गरिएको थियो ।