सन्धिखर्कमा अब भारत तथा तेस्रो मुलुकबाट आउनेलाई १० दिन क्वारेन्टिन बस्नुपर्ने


प्रेम नारायण आचार्य 
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिकामा  काेभिड महामारीको विषयमा बैठक तथा  छलफल कार्यक्रम सम्पन्न भएको छ । 
बैठकले भारत तथा तेस्रो मुलुकबाट आएकाहरु अनिवार्य १० दिन हाेम क्वारेन्टिनमा बस्नु पर्ने निर्णय गरेको छ ।  
कार्यक्रममा नगर प्रमुख कमल प्रसाद भुसाल, उप प्रमुख ठाकुर कुमार विक, प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद सापकोटा , अर्घाखाँची अस्पतालका प्रमुख डाक्टर कपिल गाैतम लगायत वडाअध्यक्ष, स्वास्थ्य चाैकी प्रमुख, पत्रकार र सराेकारवालाहरुकाे सहभागिता रहेको थियोे ।

अन्य समाचारहरु