चोलनाथ पौडेल
पणेना, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको पाणिनी गाँउपालिका वार्ड नं १ पणेनामा वार्डमा तत्काल अत्यावश्यक योजनाको वारेमा छलफल गरी निष्कर्षमा पुर्याउने उद्देश्यले वडाको विभिन्न सरोकारवालाको उपस्थितीमा एकदिने गोष्ठी सम्पन्न भएको छ ।
पाणिनी गाँउपालिका वार्ड १ का वडाअध्यक्ष शालिकराम भट्टराई लगायतका जनप्रतिनिधि, वडा सचिव, कर्मचारि, विभिन्न विद्यालयका प्रधानाध्यापक, राजनीतिक दलका नेता, स्वास्थ्य प्रमुख, पत्रकार लगायतको उपस्थिती रहेको कार्याक्रममा सहजकता ले सहजीकरण गर्नुभएको थियो ।
आजै पोखराथोकमा पनि वडास्तरिय आवधिक योजना गोष्ठी सम्पन्न भएको छ । पाणिनी गाँउपालिका वडा २ वडा कार्यालयमाआयोजित कार्यक्रममा वडा नं २ का अध्यक्ष नेत्र प्रसाद भट्टराई , कार्यपालिका सदस्य लक्ष्मी रसाईली लगायतका जनप्रितीनिधी, अर्घाखाँचीडट्कम स्वतन्त्र पत्रकार डिआरजी सुमन , चोलानाथ पौडेल, स्वास्थ्य चौकी प्रमुख, विद्यालयका प्रमुख,दलका नेता लगायतको उपस्थिती रहेको थियो ।
योजना सम्बन्धि कार्यक्रमको लागी वडा स्तरिय अभिमुखीकरण तथा छलफलको लागी परामर्शदाता स्कालर नेपालका महेन्द्रविष्ट, सुदीप झा र सागर क्षेत्रीले सहजीकरण गर्ने भएको थियो । – तस्वीर चोलनाथ पौडेल/अर्घाखाँची डटकम ।