कोरोना संंक्रमितको मृत्यु भएपछि हंसपुर र धारापानीका विभिन्न गाउँमा हिडडुल गर्न रोक


बिष्णु कुमार आले 
धारापानी, अर्घाखाँची । अर्घाखाँची जिल्लाको मालारानी गाउँपालिका वार्ड नं. ७ हंसपुरको बामरुक लेवासेका  ६० बर्षिय रामप्रसाद भुसालको मंगलबार कोरोना संक्रमणले मृत्यु भएपछि गाउँमा हिडडुल गर्न रोक लगाईएको छ । 
जिल्ला अस्पतालमा ज्यान गुमाएका काेराेना संक्रमितकाे शव व्यवस्थापन गर्दै ।  फोटो: हरिप्रसाद भुसाल 
मृत्यु पश्यात हंसपुरको लेवासे, बामरूक भुमिकास्थान ३ धारापानीको राईखण्डे, सिख्र लगायतका टोल वस्तीहरूमा माईकिङ गरि एक घरबाट अर्को घर नजान नागरिकलाई सचेत गराईएको वडाअध्यक्ष खड्क प्रसाद भुसालले जानकारी दिए ।
नयाँ प्रजातीको कोरोनाको लहर आएपछि जोखिम देखिएका गाउँमा बिना काम आवत जावत गर्न रोक लगाईएको गाउँपालीकाका अध्यक्ष बालकृष्ण आचार्यले बताए । जिल्लामा मृत्यु हुनेको संख्या १९ पुगेको छ । पछिल्लो २४ घण्टामा जिल्लाका बिभिन्न पालीकाहरुमा थप २८ जनामा कोरोना संक्रमण पुष्टी भएसँगै जिल्लामा कोरोना संक्रमितको संख्या ८६१ पुगेको हो । यस्तै पछिल्लो २४ घण्टामा २ जना कोरोनामुक्त भएसँगै हालसम्म ७९३ जना कोरोनामुक्त भएका छन् । अहिले जिल्लामा ४९ जना सक्रिय संक्रमित आईसोलेशनमा रहेको जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीले जनाएको छ ।
हंसपुर र धारापानी
जसमा सन्धिखर्क नगरपालीकामा २२ जना, शितगंगा नगरपालीकामा ८ जना, भुमिकास्थान नगरपालीकामा ५ जना,मालारानी गाउँपालीकामा ४ जना, पाणिनि गाउँपालीकामा ३ जना र छत्रदेव गाउँपालीकामा ७ जना गरी जम्मा ६१ जना सक्रिय संक्रमित रहेको जिल्ला जनस्वास्थ्य कार्यालय अर्घाखाँचीले जनाएको छ ।
यस्तै पछिल्लो २४ घण्टामा मालारानी ७ का ६० बर्षीय रामप्रसाद भुसालको ज्यान गए संगै जिल्लामा हालसम्म कोरोना संक्रमणका कारण १९ जनाको ज्यान गएको अर्घाखाँचीका सहायक प्रजिअ बिक्रम थापाले जानकारी दिए ।