अर्घाखाँचीडट्कम संवाददाता
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सदरमुकाम सन्धिखर्कमा ट्राफिक प्रहरी कार्यालयले चाेक चाेकमा चेकजाँच कडाई गरेको छ ।
ट्राफिक प्रहरी प्रमुख लगायत सम्पूर्ण ट्राफिक प्रहरीहरु हातमा तपाईकाे मास्क खै, अनिवार्य मास्ककाे प्रयाेग गराै, भाैतिक दुरि कायम राखाैं, काेराेनावाट आफु पनि बचाै अरुलाई पनि बचाऔ जस्ता प्लेकार्ड बाेकेर सम्पूर्ण सवारी साधनहरु चाेक-चाेकमा राेकी चालक सहचालक तथा यात्रुहरुलाई मास्क विना यात्रा नगर्न र सेनिटाईजर उचित प्रयाेग गर्न आग्रह गरेका थिए ।
जिल्लामा कोरोनाको त्रास बढेको छ । भने प्रहरी प्रशासनले कडाई गरेको छ । जिल्लामा मृत्यु हुनेको संख्या १९ पुगेको छ । पछिल्लो २४ घण्टामा जिल्लाका बिभिन्न पालीकाहरुमा थप २८ जनामा कोरोना संक्रमण पुष्टी भएसँगै जिल्लामा कोरोना संक्रमितको संख्या ८६१ पुगेको हो । यस्तै पछिल्लो २४ घण्टामा २ जना कोरोनामुक्त भएसँगै हालसम्म ७९३ जना कोरोनामुक्त भएका छन् । अहिले जिल्लामा ४९ जना सक्रिय संक्रमित आईसोलेशनमा रहेको जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीले जनाएको छ ।
जसमा सन्धिखर्क नगरपालीकामा २२ जना, शितगंगा नगरपालीकामा ८ जना, भुमिकास्थान नगरपालीकामा ५ जना,मालारानी गाउँपालीकामा ४ जना, पाणिनि गाउँपालीकामा ३ जना र छत्रदेव गाउँपालीकामा ७ जना गरी जम्मा ४९ जना सक्रिय संक्रमित रहेको जिल्ला जनस्वास्थ्य कार्यालय अर्घाखाँचीले जनाएको छ ।