अर्घाखाँचीका चन्द्रबहादुर खड्का पदमुक्त | ३५ दिनभित्र हुने अर्को चुनावमा खड्कालाई नै पुन: उठाईने


अर्घाखाँचीडट्कम संवाददाता 
सन्धिखर्क, अर्घाखाँची  (अर्घाखाँचीडट्कम) । नेकपा माओवादी केन्द्रबाट राष्ट्रिय सभा सदस्य बनेका अर्घाखाँची जिल्लाका चन्द्रबहादुर खड्का पदमुक्त भएपछि राष्ट्रिय सभा सदस्य पद रिक्त भएको छ । 
वैशाख १० गते सांसद खड्कालाई निष्काशन गर्न राष्ट्रिय सभा सचिवालयमा पत्र पुगेको थियो। सोहीअनुसार खड्काको पद रिक्त भएको राष्ट्रिय सभाका सचिव राजेन्द्र फुयाँलले जारी गरेको सूचनामा उल्लेख छ।
नेकपा एमाले प्रवेश गरेका खड्का पदमुक्त भएपछि रिक्त पदमा ३५ दिनभित्र अर्को चुनाव हुनेछ । स्रोतका अनुसार एमालेले रिक्त रहेको उक्त पदमा चन्द्रबहादुर खड्कालाई नै उठाउने भएको बताइएको छ ।  
उक्त रिक्त ठाउँमा निर्वाचन आयोगले उपचुनावको मिती केही दिनमा घोषणा गर्नेछ ।