खिदिम, पटौटी, मैदान र धातिवाङमा वार्ड स्तरिय आवधिक योजना निर्माण सम्बन्धी गोष्ठी सम्पन्न (फोटो सहित)


चोलनाथ पौडेल
पणेना, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको पाणिनी गाँउपालिका वार्ड नं ३ खिदिम, ४ पटौटी, ५ मैदान र ६ धातिवाङका वार्डमा तत्काल अत्यावश्यक योजनाको बारेमा छलफल गरी निष्कर्षमा पुर्याउने उद्देश्य ले वडाको विभिन्न सरोकार वालाको उपस्थितीमा एकदिने गोष्ठीसम्पन्न भएको छ । 
खिदिम,  पटौटी,  मैदान र  धातिवाङका वडा कार्यालयमा सम्पन्न गोष्ठीमा वडाअध्यक्षको अध्यक्षतामा कार्यक्रम भएका हुन् ।
 आ आफ्नो वडामा आवश्यक रहेका योजना वारेका विषयमा उपस्थित सरोकारवालाले गुनासो गरेका छन । पाणिनी गाँउ पालिका वडानं ३ कार्यालयमा देवी वहादुर क्षेत्री,पाणिनी गाँउ पालिका वडा नं ४ स्थानेस्वर घिमिरे,पाणिनी गाँउ पालिका वडा नं ५ जीवलाल घिमिरे रपाणिनी गाँउ पालिका वडा नं ६ का वडा अध्यक्ष सुभ वहादुर सारु को अध्यक्षतामा गोष्ठी सम्पन्न भएका छन ।
पाणिनी गाँउपालिका स्थित सवै वार्ड स्तरमा तत्काल अत्यावश्यक योजना लाई प्राथमिकिकरण गरि रिपोर्ट पेश गर्न उपस्थित सरोकरावाला लाई आग्रह गरिएको छ । कार्यक्रमको लागी वडा स्तरिय अभिमुखीकरण तथा छलफलको लागी परामर्शदाता स्कालर नेपालका महेन्द्रविष्ट, सुदीप झा र सागर क्षेत्रीले सहजीकरण गर्ने भएको थियो  । – तस्वीर चोलनाथ पौडेल/अर्घाखाँची डटकम 

अन्य समाचारहरु