अर्घाखाँचीडट्कम संवाददाता
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लामा पछिल्लो समय काेराेनाका नयाँ संक्रमित दिन प्रतिदिन बढदै गएको छ ।
आज बुधवार जिल्लामा २२ जना नयाँ संक्रमित थपिएका छन् । योसँगै अर्घाखाँचीमा कोरोना संक्रमितको संख्या ७१ जना पुगेको छ ।
जिल्लामा आजसम्म संक्रमितको संख्या ८८३ जना पुगेको थियो । जसमा सन्धिखर्क नगरपालिकामा ४०७ जना, भूमिकास्थान नगरपालिकामा १६१, शितगंगा नगरपालिकामा ११९, मालारानी गाउँपालिकामा ९७, पाणिनी गाउँपालिकामा ३६ र छत्रदेव गाउँपालिकामा ६३ जना संक्रमित रहेका छन् ।
यस्तै जिल्लाबाट आजसम्म ७९३ जनाले कोरोना जितेका छन् । जसमा सन्धिखर्क नगरपालिकामा ३७८ जना, भूमिकास्थान नगरपालिकामा १३५, शितगंगा नगरपालिकामा १०६, मालारानी गाउँपालिकामा ८९, पाणिनी गाउँपालिकामा ३१ र छत्रदेव गाउँपालिकामा ५४ जनाले कोरोनालाई जितेका हुन् ।
जिल्लामा हालसम्म काेराेना संक्रमणका कारण १९ जनाको ज्यान गएको छ । भने आजसम्म जिल्लामा ७१ जना सक्रिय संक्रमितहरु उपचाररत रहेको जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीले जनाएको छ ।
उता जिल्लामा कोरोना खोप लगाउने कार्यक्रम जारी छ ।
अर्घाखाँचीमा अर्को हप्तापछि लकडाउन
अर्घाखाँचीमा दैनिक यही अनुपातमा काेराेनाका नयाँ संक्रमित बढदै गएमा अर्को हप्तापछि लकडाउन गर्ने अवस्था आउने बताइएको छ ।
जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारीका अनुसार; “कोभिड सक्रिय संक्रमितको संख्या अर्घाखाँची जस्ता पहाडी जिल्लामा २०० जना नाघेमा निषेधाज्ञा (लकडाउन) गर्न सकेन नीति छ ।
उता कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले कोभिड सक्रिय संक्रमितको संख्या सहरमा ५०० र पहाडमा २०० जना नाघेमा निषेधाज्ञा गर्न सिफारिस गरेको छ।
बुधवारको कोरोना विवरण यस्तो छ:-