अर्घाखाँचीमा सार्वजनिक तथा निजी सवारीसाधन माथि आवतजावतमा रोक


अर्घाखाँचीडट्कम संवाददाता
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लामा सार्वजनिक तथा निजी सवारीसाधन माथि आवतजावतमा रोक लगाइएको छ ।  
फाइल तस्बिर 
जिल्ला प्रशासन कार्यालय कार्यालयले एक सुचना जारी गर्दै जिल्लाबाट निषेधाज्ञा जारी भएका रुपन्देही, काठमाडौंमा आवतजावत गर्ने सार्वजनिक तथा निजी सवारीसाधन माथि रोक लगाइएको हो ।
साथै रुपन्देही, काठमाडौंमा आवतजावत गर्ने सार्वजनिक तथा निजी सवारीसाधनलाई अनुमती समेत नदिने प्रशासनले उल्लेख गरेको छ । 
उता अर्घाखाँची जिल्लामा पछिल्लो समय काेराेनाका नयाँ संक्रमित दिन प्रतिदिन बढदै गएको छ ।
हिजो बुधवार जिल्लामा २२ जना नयाँ संक्रमित थपिएका छन् ।  योसँगै अर्घाखाँचीमा कोरोना संक्रमितको संख्या ७१  जना पुगेको छ । 
जिल्लामा आजसम्म संक्रमितको संख्या ८८३ जना पुगेको थियो । जसमा सन्धिखर्क नगरपालिकामा ४०७ जना, भूमिकास्थान नगरपालिकामा १६१, शितगंगा नगरपालिकामा ११९,   मालारानी गाउँपालिकामा ९७,      पाणिनी गाउँपालिकामा ३६   र छत्रदेव गाउँपालिकामा ६३  जना संक्रमित रहेका छन् ।   
यस्तै जिल्लाबाट आजसम्म  ७९३   जनाले कोरोना जितेका छन् ।  जसमा सन्धिखर्क नगरपालिकामा ३७८  जना, भूमिकास्थान नगरपालिकामा १३५, शितगंगा नगरपालिकामा १०६, मालारानी गाउँपालिकामा ८९,   पाणिनी गाउँपालिकामा ३१   र छत्रदेव गाउँपालिकामा ५४ जनाले कोरोनालाई जितेका हुन् ।
जिल्लामा हालसम्म काेराेना संक्रमणका कारण १९ जनाको ज्यान गएको छ । भने आजसम्म जिल्लामा ७१  जना सक्रिय संक्रमितहरु उपचाररत रहेको जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीले जनाएको छ ।
उता जिल्लामा कोरोना खोप लगाउने कार्यक्रम जारी छ । 
अर्घाखाँचीमा अर्को हप्तापछि लकडाउन
अर्घाखाँचीमा दैनिक यही अनुपातमा काेराेनाका नयाँ संक्रमित बढदै गएमा अर्को हप्तापछि लकडाउन गर्ने अवस्था आउने बताइएको छ ।  
जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारीका अनुसार; “कोभिड सक्रिय संक्रमितको संख्या अर्घाखाँची जस्ता पहाडी जिल्लामा २०० जना नाघेमा निषेधाज्ञा (लकडाउन) गर्न सकेन नीति छ । 
उता कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले कोभिड सक्रिय संक्रमितको संख्या सहरमा ५०० र पहाडमा २०० जना नाघेमा निषेधाज्ञा गर्न सिफारिस गरेको छ। 
बुधवारको कोरोना विवरण यस्तो छ:-