अर्घाखाँचीडट्कम संवाददाता
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिकाको आयोजनामा मेलमिलाप सम्बन्धि ८ दिवसिय आधारभूत तालिम सम्पन्न छ ।
सन्धिखर्क नगरपालिकाको आयोजनामा मेलमिलाप सम्बन्धि आठ दिवसीय आधारभुत तालिम आज सन्धिखर्कको एक होटलमा सम्पन्न भएको हो ।
तालिमको समापन समारोहमा नगरप्रमुख कमल प्रसाद भुसाल ,उपप्रमुख ठाकुर कुमार बिक, प्रमुख प्रशासकिय अधिकृत कृष्ण प्रसाद साप्कोटा, पालिकाका न्यायिक समितिका सदस्य हरु, पालिकाका सम्पुर्ण वार्ड अध्यक्षहरु र कार्यपालिकाका सदस्य हरुको सहभागीता रहेको थियोे।
कार्यक्रममा सन्धिखर्क नगरपालिका भित्र रहेका १२ वडाका ४ जनाका दरले ४८ जनाको तालिममा सहभागिता रहेको थियो।