चोलनाथ पौडेल
पाली, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको पाणिनी गाँउपालिका वार्ड नं ७ अड्गुरी र ८ पालीमा तत्कालमा पनि अन्य वार्डमा जसरी अत्यावश्यक योजनाको बारेमा छलफल गरी निष्कर्षमा पुर्याउने उद्देश्य ले वडाको विभिन्न सरोकार वालाको उपस्थितीमा एकदिने गोष्ठीसम्पन्न भएको छ ।
पाणिनी गाँउ पालिका वडा नं ८ पालीका वडा अध्यक्ष मिनराज आत्रेय को अध्यक्ष र वडा सचिव कमल न्यौपानेको संचालनमा सम्पन्नभएको छ । स्थानीय सरोकारवालाको उपस्थितिमा सम्पन्न कार्यक्रममा अर्घाखाँची डटकम् व्युरो प्रमुख स्वतन्त्र पत्रकार डिआरजी सुमन , पत्रकार चोलनाथ पौडेल , समाजसेवी ज़ाकिर हुसैन,वडा सदस्य हरु तथा स्थानीय सरोकार वालाको आथित्यता रहेको थियो ।
यस्तै पाणिनी गाँउ पालिका वडा नं ७ अड्गुरी वडा कार्यालयमा वडा अध्यक्ष गुनाखर अधिकारी,प्रविधिक उमनाथ पौडेल, वडा सचिवअम्विका डुम्रे, शिक्षक राजेन्द्र पौडेल, पत्रकार, स्वास्थ्य कर्मी जनप्रतिनिधी स्थानीय सरोकारवाला लगायतको उपस्थिती रहेकोकार्यक्रममा सरोकार वालाको आआफ्नै धारणा रहेको थियो । वडा स्तरिय अभिमुखीकरण तथा छलफल को लागी परामर्शदाता स्कालर नेपालका महेन्द्रविष्ट,सुदीप झा र सागर क्षेत्रीले सहजीकरण गर्ने भएको थियो। – तस्वीर चोलनाथ पौडेल/अर्घाखाँची डटकम ।