अर्घाखाँचीमा आजसम्म सक्रिय कोरोना संक्रमितको संख्या १०९ जना | अर्को हप्तापछि लकडाउन


अर्घाखाँचीडट्कम संवाददाता 
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लामा आजसम्म सक्रिय कोरोना संक्रमितको संख्या १०९  जना पुगेको छ ।
जसमा सन्धिखर्क नगरपालिकामा ५५ जना, भूमिकास्थान नगरपालिकामा १५,  शितगंगा नगरपालिकामा १३,  मालारानी गाउँपालिकामा १०,  पाणिनी गाउँपालिकामा ४   र छत्रदेव गाउँपालिकामा १२ जना संक्रमित रहेका छन् । 
जिल्लामा गत वर्षदेखि आजसम्म संक्रमितको संख्या ९२२ जना पुगेको छ । जसमा सन्धिखर्क नगरपालिकामा ४३८ जना, भूमिकास्थान नगरपालिकामा १५५, शितगंगा नगरपालिकामा १२३, मालारानी गाउँपालिकामा १०२, पाणिनी गाउँपालिकामा ३७   र छत्रदेव गाउँपालिकामा ६७  जना संक्रमित रहेका छन् ।   
यस्तै जिल्लाबाट आजसम्म  ७९३   जनाले कोरोना जितेका छन् ।  जसमा सन्धिखर्क नगरपालिकामा ३७८  जना, भूमिकास्थान नगरपालिकामा १३५, शितगंगा नगरपालिकामा १०६, मालारानी गाउँपालिकामा ८९,   पाणिनी गाउँपालिकामा ३१   र छत्रदेव गाउँपालिकामा ५४ जनाले कोरोनालाई जितेका हुन् ।
जिल्लामा हालसम्म काेराेना संक्रमणका कारण २१ जनाको ज्यान गएको छ । भने आजसम्म जिल्लामा १०९  जना सक्रिय संक्रमितहरु उपचाररत रहेको जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीले जनाएको छ ।
उता जिल्लामा कोरोना खोप लगाउने कार्यक्रम जारी छ । 
अर्घाखाँचीमा अर्को हप्तापछि लकडाउन
अर्घाखाँचीमा दैनिक यही अनुपातमा काेराेनाका नयाँ संक्रमित बढदै गएमा अर्को हप्तापछि लकडाउन गर्ने अवस्था आउने बताइएको छ ।  
जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारीका अनुसार; “कोभिड सक्रिय संक्रमितको संख्या अर्घाखाँची जस्ता पहाडी जिल्लामा २०० जना नाघेमा निषेधाज्ञा (लकडाउन) गर्न सकेन नीति छ । 
उता कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले कोभिड सक्रिय संक्रमितको संख्या सहरमा ५०० र पहाडमा २०० जना नाघेमा निषेधाज्ञा गर्न सिफारिस गरेको छ।
शुक्रबारको कोरोना विवरण यस्तो छ:-