केशब राज ज्ञवाली | फोटो दिपेन्द्र पौडेल
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लामा संबंधित निकायहरुको लाचारी र उदासिनताका कारण करोडौं पर्ने सरकारी सम्पती दिनप्रतिदिन माटोमा मिल्दै गएको देखिएको छ ।
सामान्य मर्मत संभार गरेर प्रयोगमा ल्याउन सकिने साधनहरु पनि समयमै उचित मर्मत संभार नगरी थन्क्याउदा राज्यको सम्पती जीण भई नस्ट हुँदै गएको देखिएको छ ।
यसको गतिलो उदाहरण जिल्ला समन्वय समितिको बुलडोजर र तत्कालिन सन्धिखर्क बजार सुधार समितिको ट्र्याक्टर बनेको छ । हुन त यी दुई उदाहरणका प्रतिनिधि मात्र हुन त्यस बाहेक अन्य साना ठुला सबारी साधनहरु , फर्निचर , कम्प्युटर लगायतका सामगृहरु पनि समयमै उचित ध्यान नपुर्याउदा नस्ट भैरहेका प्रत्यक्ष देख्न सकिन्छ ।
तत्कालिन जिल्ला बिकास समितिको बुलडोजरमा लामो समयसम्म प्रयोगमा नल्याउदा काम नलाग्ने अबास्थामा पुगेको छ । देश संघियतामा गए संगै स्थानिय तह हरुले जथाभाबी बजेट खर्च गर्दै नया मेशनरी चिजहरु खरिद गर्दै प्रयोग गर्नको सट्टा भएको सरकारी श्रोत साधन मरमत गरि प्रयोग गर्ने गरेको भए त्यो बुलडोजर पनि जिल्लाका कुनै स्थानिय तहले प्रयोग गर्न सक्दथे ।
जिल्ला समन्वय समितिमा सामान्य माग फारम भरेर लैजान सकिने अबस्था हुदाहुदै पनि स्थानिय तहहरु त्यस् तर्फ चासो नदेखाइ चरम खर्च गरिरहेको तितोसत्य देख्न सकिन्छ । उता समन्वय समितिमा लिलाम प्रक्रियाको बारेमा बुझ्दा अनौपचारिक कुरा मात्र भएको तर प्रक्रियामा नगएको अधिकारिहरुले बताए । झन्झटिलो कानुनी प्रक्रियाको बहाना देखाउदै जबाफदेहिताबाट पन्छिने गरेको पाइएको छ ।
उता रेडक्रस कार्यालयको कोखामा ट्र्याक्टर पनि माटोमा मिल्दैछ । उक्त ट्र्याक्टर तत्कालिन बजार सुधार समितिको रहेको तर पछि बजार सुधार समितिका सम्पतिहरु संवत्: सन्धिखर्क नगरपालिका भएको तत्कालिन समितिका पदाधिकारी यमराज पान्डेको भनाइ छ । उता नगरपालिकामा बुझ्दा तत्कालिन समितिलाइ देखाउदै आफ्नो माताहतमा नरहेको भन्दै जिम्मेवारी लिन नखोजेको पाइएको छ
आखिर जस्को जहाँ जिम्मेवारी र जे जस्ता कानुनी प्रक्रिया देखाएतापनी राज्यको सम्पती नस्ट हुँदै गएकोमा चिन्ता र चासो भने सम्बन्धित निकायको देखिनुपर्ने हैन र ? यस तर्फ बेलैमा ध्यान जानू जरुरी छ ।