उर्जा मन्त्री टोपबहादुर रायमाझीको स्वास्थ्य सुधारउन्मुख, सैनिक अस्पतालबाट केही दिनमा डिस्चार्ज हुने


अर्घाखाँचीडट्कम संवाददाता 
काठमाडौँ (अर्घाखाँचीडट्कम) । कोरोना संक्रमणका कारण काठमाडौं स्ठित वीरेन्द्र सैनिक अस्पताल छाउनीमा भर्ना भएका उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री एवं नेकपा एमालेका माेर्चा संगठन ईन्चार्ज टोपबहादुर रायमाझीको स्वास्थ्य अवस्था सुधारउन्मुख भइरहेको छ ।
मन्त्री रायमाझी, वीरेन्द्र सैनिक अस्पताल छाउनी  ।  
मन्त्री रायमाझी अझै केही दिन अस्पतालमा रहने बताइएको छ ।  
मन्त्री रायमाझीलाई वैशाख १३ गते  सोमबार काठमाडौं स्ठित राष्ट्रिय सरूवा रोग अस्पताल  टेकुमा  परिक्षण गर्दा कोरोना पुष्टि भएको थियो ।
पिसिआर जाँच गर्दा मन्त्री रायमाझीको श्रीमती योगमाया रायमाझी, छोरा सन्दिप रायमाझी, छोरी सन्ध्या रायमाझी, ज्वाइँ बद्री थापा र निजी सचिव नारायण खत्री सहित सात जनालाई पनि कोरोना पुष्टि भएको थियो । मन्त्री रायमाझीका स्वकीय सचिव लिला जिसी र प्रेस संयोजक अर्जुन भुसालको कोरोना रिपोर्ट भने नेगेटिभ आएको थियो ।