अर्घाखाँचीभरको गतिविधी लकडाउन गरे सरह | चहलपहल, आवतजावतमा कमी, एकाएक सुनसान हुँदै


अर्घाखाँचीडट्कम संवाददाता 
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । कोरोना संक्रमण बढ्दै गएपछि अर्घाखाँची जिल्लाभरको गतिविधी ठप्प भएको छ । 
सदरमुकाम सन्धिखर्क, चुत्राबेसी बजार लगायत जिल्लाका सबै पालिकामा चहलपहल, आवतजावतमा कमी हुनुका साथै एकाएक सुनसान हुँदै गएको हो ।  जिल्लाभर पसलहरु धमाधम बन्द हुँदै गएका छन् ।  
साथै जिल्लाभर पुर्व निर्धारित सम्पूर्ण कार्यक्रम स्थगित गरिएको छ । सवारी साधनहरु पनि कम चलेका छन् । जिल्लामा निषेधाज्ञा (लकडाउन) भएको महशुस गरिएको छ । साथै जिल्लाका सबै पालिकाबाट दिने सेवा पनि केही दिनका लागि बन्द गरिएको छ । 
उता जिल्लामा यही अवस्था अर्थात चहलपहल, आवतजावत कमको अवस्था रहे निषेधाज्ञा (लकडाउन) गर्न पर्ने आवश्यक नदेखिएको बताइएको छ ।
साथै अर्घाखाँची जिल्लामा आजसम्म सक्रिय कोरोना संक्रमितको संख्या १०९  जना पुगेको छ ।
जसमा सन्धिखर्क नगरपालिकामा ५५ जना, भूमिकास्थान नगरपालिकामा १५,  शितगंगा नगरपालिकामा १३,  मालारानी गाउँपालिकामा १०,  पाणिनी गाउँपालिकामा ४   र छत्रदेव गाउँपालिकामा १२ जना संक्रमित रहेका छन् । 
जिल्लामा गत वर्षदेखि आजसम्म संक्रमितको संख्या ९२२ जना पुगेको छ । जसमा सन्धिखर्क नगरपालिकामा ४३८ जना, भूमिकास्थान नगरपालिकामा १५५, शितगंगा नगरपालिकामा १२३, मालारानी गाउँपालिकामा १०२, पाणिनी गाउँपालिकामा ३७   र छत्रदेव गाउँपालिकामा ६७  जना संक्रमित रहेका छन् ।   
यस्तै जिल्लाबाट आजसम्म  ७९३   जनाले कोरोना जितेका छन् ।  जसमा सन्धिखर्क नगरपालिकामा ३७८  जना, भूमिकास्थान नगरपालिकामा १३५, शितगंगा नगरपालिकामा १०६, मालारानी गाउँपालिकामा ८९,   पाणिनी गाउँपालिकामा ३१   र छत्रदेव गाउँपालिकामा ५४ जनाले कोरोनालाई जितेका हुन् ।
जिल्लामा हालसम्म काेराेना संक्रमणका कारण २१ जनाको ज्यान गएको छ । भने आजसम्म जिल्लामा १०९  जना सक्रिय संक्रमितहरु उपचाररत रहेको जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीले जनाएको छ ।
 
शुक्रबारको कोरोना विवरण यस्तो छ:-