अर्घाखाँचीमा अबरुद्द बिजुली सुचारु | अर्घाखाँची विधुत प्राधिकरणका कर्मचारीहरु दिनरात सेवामा


अर्घाखाँचीडट्कम संवाददाता
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लामा अबरुद्द बिजुली सुचारु भएको छ ।
जिल्लामा हिजो बिहीवार साँझ आएको हावा हुरी तथा पानीका कारण अस्तब्यस्त भई अबरुद्द लाइन सुचारु भएको हो ।
जिल्लाका वाङ्ला, चिदिपानी, सितापुर, मखत, ढिकुरा, खन लगायत दर्जनौ स्थानहरु हावा हुरी तथा पानीका कारण लाइन अबरुद्द भएको थियो ।   
जिल्लाभर अस्तब्यस्त लाइन मर्मत सम्भारका लागि विधुत प्राधिकरण अर्घाखाँचीका कर्मचारीहरु हिजोदेखि नै सेवामा खटिएका थिए । साथै प्राधिकरणले जिल्लामा २४ सै घण्टा हावा हुरी तथा पानीका कारण अस्तब्यस्त हुँदा लाइन फल्ट, मर्मत सम्भारका सम्पूर्ण गतिविधीको बारेमा सुचना प्रवाह तथा उप्डेट नियमित गर्दै आएको छ । 
पछिल्लो समय अर्घाखाँची बितरण केन्द्रका प्रमुख किरन खनालले जिल्लामा विधुत समस्या परेमा तत्काल लाइन सुचारु गर्न खटिन्छन् । भने कर्मचारीहरु पनि दिनरात सेवामा खटिएका देखिन्छन् । 
साथै प्रमुख खनालले पछिल्लो समय जिल्लाभर बिद्धुत विस्तार, सबस्टेशनहरु निर्माण, विभिन्‍न ठाउँमा ट्रान्सफर्मर अपग्रेड गर्ने र नयाँ पोल फेर्ने लगायत दर्जनौ काम उप्डेट गरेका छन् । यस्तै अन्य जिल्लाको तुलनामा विधुत प्राधिकरण अर्घाखाँचीमा पर्याप्त जनशक्ति र सुविधा  नभएको देखिन्छ ।