सितापुरमा एमाले नेता स्व. नेत्र बहादुर क्षेत्रीकाे सम्झनामा “स्मृति पार्क” निर्माण हुँदै


झनक के.सी 
सितापुर, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको शितगंगा नगरपालिका वार्ड न. २ सितापुर निवासी नेकपा एमालेका नेता तथा पुर्व जिल्ला सचिव स्वर्गीय नेत्र बहादुर क्षेत्रीकाे स्मृतिमा स्मृति पार्क निर्माण गरिने भएकाे छ ।
स्वर्गीय क्षेत्रीले यस क्षेत्रकाे बिकासमा पुराएकाे याेगदानलाई कदर गर्दै पार्क निर्माण गर्न लागिएकाे नेकपा एमालेका जिल्ला कमिटी सदस्य तथा शितगंगा २ का वडाअध्यक्ष गाेर्वधन थापाले बताउनु भयाे । जेठ मसान्तसम्म निर्माण सक्ने स्थानिय उपभाेक्ता समितिले निर्माण गर्ने गरि पार्क शिलान्यास गरिएकाे हाे । स्मृति पार्क वडाअध्यक्ष गाेवर्धन थापाले शिलान्यास गर्नु भएकाे हाे ।
 
शिलान्यास गर्दा थापाले स्थानिय स्थरमा राम्राे प्रभाव पार्ने नेताकाे सम्झनामा पार्क निर्माण हुन लागेकाेमा हर्षित बनेकाे बताउनु भयाे । कार्यक्रममा वडासदस्य निमलाल अधिकारी, रास्टिय युवा संघ नेपाल सचिव हरि खनाल, वार्ड सचिव ऋषि भुसाल लगायत  स्थानियहरुकाे उपस्थिती रहेकाे थियाे । 
यस्तै क्षेत्रीकाे सम्झनामा स्मृति  पार्क बन्न लागेकाेमा उहाँका छाेरा प्रकाश क्षेत्रीले खुशी ब्यक्त गर्नु भयाे । आफ्नाे जीवन घरपरिवारकाे भन्दा समाजकाे लागि राजनिति गर्दै जिवन त्याग गर्न भएकाेले पनि उहाँकाे याेगदानकाे कदर गर्दै स्मृति पार्क निर्माण हुन लागेकाेमा निर्माण कार्यमा कमि हुन नदिने क्षेत्रीले बताउनु भयाे ।
द्क्षिण खाँचीका कम्युनिस्ट जन्माउने स्वर्गीय नेता भनेर चिनिन्छन् । भने उहाकी श्रीमति सरस्वती क्षेत्री वडासदस्य हुनुहुन्छ । 

अन्य समाचारहरु