अर्घाखाँचीकी सामाजिक-सरसफाई अभियान्ता बिजुला रायमाझी गरिवको सेवा र जिल्लालाई पूर्ण सरसफाई युुक्त बनाउने योजनामा


अर्घाखाँचीडट्कम संवाददाता
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सदरमुकाम सन्धिखर्कमा सरसफाई अभियान होस् कि महिला तथा बालबालिकाको अधिकारका पक्षमा, जिल्लामा हुने यस्ता हरेक कार्यक्रमको नेतृत्व गरेकी एकल महिला हुन् बिजुला  सापकोटा रायमाझी । 
अर्घाखाँची जिल्लाले कयौ महिला जन्मायो, मन्त्री – सांसद भएका छन् । र जिल्लालाई उनिहरुले केही गर्न सकेनन् । तर गुल्मीको मुसिकोटा आपचौरमा जन्मेकी बिजुलाले सरसफाई अभियानदेखि महिला तथा बालबालिकाको अधिकार पक्षमा निरन्तर नेतृत्व गर्दै आएकी छिन् ।   
बिजुलाले बेला- बेलामा सन्धिखर्कको बाँगी खोला, बजार क्षेत्र, सडकहरुमा सरसफाई अभियान गरेकी हुन्छिन् । उनको नेतृत्वमा यहाँका दर्जनौ महिलाहरु सरसफाई अभियानमा आवद्द रहेका छन् । आफ्नो टोल आफै सफा राखौं सभ्यता र वातावरण संरक्षण गरौं भन्ने मूल नाराका साथ संखेटारी मिर्मिरे टोलका बाटो-बाटो, चोक – चोकमा फोहोर व्यवस्थापनको लागि बाँसका डस्पिन समेत राखेका छन् ।  
आफ्नो टोलको सरसफाई  गर्नको लागि वार्ड, पालिकाको मुख ताकेर  टोल नगर सफा हुँदैन् भन्दै बिजुलाले जिल्लामा सबैलाई जागरुक बनाउदै आएकी छिन् । भने जिल्लालाई पूर्ण सरसफाई युुक्त बनाउने लक्ष्य राखेकी छिन् । 
सामाजिक तथा सरसफाई  अभियान्ता बिजुला जिल्लामा रेडक्रस, अर्बुद रोग निवारण संस्था, महिला तथा बालबालिका लगायतका विभिन्न संघ- संस्थाहरुमा संग्नलता हुँदै आएकी छिन् । ति संघ- संस्था रही महिला तथा बालबालिकाका अन्तर्निहित  प्रतिभा प्रस्फुटन र सशक्तीकरण अभियानमा समय खर्चिने, सामाजिक विकृति विसङ्गति, अन्धविश्वास र स्वतन्त्रताका नाममा सामाजिक सभ्यता,  सद्भाव र मर्यादामा  खलल नआओस भन्ने जस्ता पक्षमा आवाज उठाउदै आएकी छिन् ।
यस्तै विपन्न परिवारका महिला, बालबालिकाहरुको शिक्षा, स्वास्थ्य सेवा लगायत विभिन्न सामाजिक कार्य गर्ने उदेश्यले बुद्धि रायमाझी स्मृति प्रतिष्ठान संस्था स्थापना पनि गरेकी बिजुलाले महिला तथा बालबालिका विरुद्ध हुने हिंसा रोकथाम र नियन्त्रणका लागि आवाज उठाउदै आएकी छिन् । “लैङ्गिक हिंसा एउटा सामाजिक समस्याकै रूपमा रहेको छ । यसबाट खासगरी महिला र बालबालिकाहरू बढी प्रभावित हुने गरेका छन् । यसले उनीहरूमा शारीरिक, मानसिक, मनोवैज्ञानिक एवम् यौनजन्य असर पानुका साथै उनीहरूको समग्र विकास, सुरक्षा, सामाजिक जीवन तथा न्यायप्राप्तिमा समेत गम्भीर प्रभाव पार्दछ, उनि भन्छिन् ।”
सामाजिक तथा सरसफाई  अभियान्ता बिजुलाको जन्म गुल्मीको मुसिकोटा आपचौरमा २०२४ साल चैत्र ९ गते हएको थियो । उनको कम्युनिस्ट आन्दोलनका नेता तथा शिक्षक स्व. बुद्धि बहादुर रायमाझीसँग २०४४ साल असार २१ गते विवाह भएको थियो । उनका २ छोरी र १ छोरा छन् । भने उनले सन्धिखर्कको श्री भागवती मावी कुर संखेटारीमा अध्यापन गर्छिन् । उनी अखिल नेपाल महिला संघकाे ईन्चार्ज हुन् ।  साथै श्रीमान बुद्धि रायमाझीको फाेक्साेकाे क्यान्सरका कारण २०७७ वैशाख २२ गते सोमवार काठमाडौमा निधन भएको थियो ।  आफ्नो जिवनलाई कम्युनिस्ट क्रान्तीलाई समर्पण गरेका रायमाझी इमान्दार कुशल सामाजिक, शैक्षिक व्यक्तित्त्व एव पुराना कर्मठ कम्युनिस्ट नेताको रुपमा समाज तथा आम पार्टी कार्यकर्ता बिच लोकपृय थिए । रायमाझीको निधनपछि अर्घाखाँचीले एक कुशल सामाजिक एवं शैक्षिक व्यक्तित्त्व तथा अभिभावक गुमाएको महसुस गरेको छ ।