जुकेना कालिमाटीका एक पुरुषको कोरोनाका कारण निधन

 


युवराज पौडेल  
जुकेना, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको जिल्लाकाे शितगंगा नगरपालिका वार्ड नम्बर ५ जुकेना कालिमाटीका एक पुरुषको कोरोनाका कारण निधन भएको छ । 
 जुकेना कालिमाटीका ५८ वर्षीय कृष्ण बेल्वासेकाे शनिबार राति निधन भएकाे  हो । 
बेलवासेको अस्पताल लाने क्रममा एम्बुलेन्सभित्रै मृत्यु भएको थियो।  बेल्वासे करिव एक महिनाअघि भारतबाट आएका थिए ।
उनको बुटवलमा गरिएको परिक्षणमा कोरोना पुष्टि भएकाे थियाे ।   उनका  घरपरिवारमा श्रीमती र दुई छोरी, एक छोरा रहेका छन । 

अन्य समाचारहरु