अर्घाखाँचीडट्कम संवाददाता
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वार्ड नम्बर २ चुत्राबेसीमा एक भारतीय नागरिकको मृत्यु भएको छ ।
चुत्राबेसीमा अचेत अवस्थामा फेला परेका ३५ वर्षिय भारतीय नागरिक भगाेल भन्ने बगेलु गुप्ताको आईतबार मृत्यु भएको हो ।
गुप्ता करिव १२:१५ बजे तिर बाटाेमा ढलेका थिए । उनलाई उपचारका लागि जिल्ला अस्पताल अर्घाखाँचीमा लगिएको थियो। उनको पहिले नै मृत्यु भएको अस्पतालले बताएको छ ।
साथै उनी अर्घाको बिहारमा बसी पुराना कवाडी सामान खरिद, बिक्री गर्ने काम गर्दै आएका थिए । मृत्युको कारण खुल्न नसकेको प्रहरीले बताएको छ ।