अर्घाखाँचीडट्कम संवाददाता
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लामा आजसम्म सक्रिय कोरोना संक्रमितको संख्या १५६ जना पुगेको छ ।
जसमा सन्धिखर्क नगरपालिकामा ८२ जना, भूमिकास्थान नगरपालिकामा २६, शितगंगा नगरपालिकामा ११, मालारानी गाउँपालिकामा १३, पाणिनी गाउँपालिकामा ८, र छत्रदेव गाउँपालिकामा १६ जना संक्रमित रहेका छन् ।
जिल्लामा गत वर्षदेखि आजसम्म संक्रमितको संख्या ९७२ जना पुगेको छ । जसमा सन्धिखर्क नगरपालिकामा ४६५ जना, भूमिकास्थान नगरपालिकामा १६७, शितगंगा नगरपालिकामा १२३, मालारानी गाउँपालिकामा १०५, पाणिनी गाउँपालिकामा ४१ र छत्रदेव गाउँपालिकामा ७१ जना संक्रमित रहेका छन् ।
यस्तै जिल्लाबाट आजसम्म ७९३ जनाले कोरोना जितेका छन् । जसमा सन्धिखर्क नगरपालिकामा ३७८ जना, भूमिकास्थान नगरपालिकामा १३५, शितगंगा नगरपालिकामा १०६, मालारानी गाउँपालिकामा ८९, पाणिनी गाउँपालिकामा ३१ र छत्रदेव गाउँपालिकामा ५४ जनाले कोरोनालाई जितेका हुन् ।
जिल्लामा हालसम्म काेराेना संक्रमणका कारण २३ जनाको ज्यान गएको छ । भने आजसम्म जिल्लामा १५६ जना सक्रिय संक्रमितहरु उपचाररत रहेको जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीले जनाएको छ ।
उता सबै गतिविधी ठप्प भएको अर्घाखाँची जिल्लामा भाेलीदेखि निषेधाज्ञा जारी हुने भएको छ ।
जिल्ला प्रशासन कार्यालयमा बसेको डिसिसिएमसीको बैठकले भोली बैशाख २० गते राती १२ बजेदेखि वैशाख ३१ गते राती १२ बजेसम्मलाई जिल्लामा निनिषेधाज्ञा जारी गर्ने निर्यण गरेको हो । जिल्लामा २०० जना पनि नपुगै निषेधाज्ञा जारी गरिएको छ ।
कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले कोभिड सक्रिय संक्रमितको संख्या सहरमा ५०० र पहाडमा २०० जना नाघेमा निषेधाज्ञा गर्न सिफारिस गरेको थियो ।
केही दिन यता कोरोना संक्रमण बढ्दै गएपछि अर्घाखाँची जिल्लाभरको गतिविधी ठप्प भएको थियो ।
सदरमुकाम सन्धिखर्क, चुत्राबेसी बजार लगायत जिल्लाका सबै पालिकामा चहलपहल, आवतजावतमा कमी हुनुका साथै एकाएक सुनसान हुँदै गएको र जिल्लाभर पसलहरु धमाधम आँफै बन्द हुँदै गएका थिए ।
साथै जिल्लाभर पुर्व निर्धारित सम्पूर्ण कार्यक्रम स्थगित गरिएको छ । सवारी साधनहरु पनि कम चलेका छन् । जिल्लामा निषेधाज्ञा (लकडाउन) भएको महशुस गरिएको छ । साथै जिल्लाका सबै पालिकाबाट दिने सेवा पनि केही दिनका लागि बन्द गरिएको छ ।
उता जिल्लामा यही अवस्था अर्थात चहलपहल, आवतजावत कमको अवस्था रहे निषेधाज्ञा (लकडाउन) गर्न पर्ने आवश्यक नदेखिएको बताइएको थियो ।
आईतबार कोरोना विवरण यस्तो छ:-