धारापानीको कल्लेरी छाप बिस्टाबारीमा खानेपानीको हाहाकार


अर्घाखाँचीडट्कम संवाददाता  
धारापानी, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको भुमिकास्थान नगरपालिका वार्ड नम्बर ४ धारापानीको कल्लेरी छाप बिस्टाबारीमा खानेपानीको हाहाकार भएको छ । 
धारापानीको कल्लेरी छाप बिस्टाबारीका ३० घरपरिवार वर्षौदेखि खानेपानीको हाहाकार झेलिरहेका हुन् । 
स्थानिय रामु पौडेलले डट्कमलाई बताए अनुसार यहाँका २०, ३० घर धुरीलाई १ धारो मात्र छ । धारोमा पनि राम्रोसँग पानी आउँदैन, घण्टौ लागेर पानी थाप्नु पर्छ । 
साथै कयौले घण्टौ लगाएर पधेरोबाट पानी लिन जान वाध्य छन् । यस्तै चुनावका बेला खानेपानीको लागि पहल गर्छौ भने पनि नेता तथा जनप्रतिनिधी फर्केर नआएको गाउँलेहरुको गुनासो छ ।