सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लामा आजसम्म सक्रिय कोरोना संक्रमितको संख्या १८६ जना पुगेको छ ।
पछिल्लो २४ घण्टामा थप ३० जनामा कोरोना संक्रमित थपिएका हुन् ।
जसमा सन्धिखर्क नगरपालिकामा १०५ जना, भूमिकास्थान नगरपालिकामा २६, शितगंगा नगरपालिकामा १४, मालारानी गाउँपालिकामा १७, पाणिनी गाउँपालिकामा ८, र छत्रदेव गाउँपालिकामा १६ जना संक्रमित रहेका छन् ।
जिल्लामा गत वर्षदेखि आजसम्म संक्रमितको संख्या १००४ जना पुगेको छ । जसमा सन्धिखर्क नगरपालिकामा ४८९ जना, भूमिकास्थान नगरपालिकामा १६७, शितगंगा नगरपालिकामा १२६, मालारानी गाउँपालिकामा १०९, पाणिनी गाउँपालिकामा ४२ र छत्रदेव गाउँपालिकामा ७१ जना संक्रमित रहेका छन् ।
यस्तै जिल्लाबाट आजसम्म ७९३ जनाले कोरोना जितेका छन् । जसमा सन्धिखर्क नगरपालिकामा ३७८ जना, भूमिकास्थान नगरपालिकामा १३५, शितगंगा नगरपालिकामा १०६, मालारानी गाउँपालिकामा ८९, पाणिनी गाउँपालिकामा ३१ र छत्रदेव गाउँपालिकामा ५४ जनाले कोरोनालाई जितेका हुन् ।
जिल्लामा हालसम्म काेराेना संक्रमणका कारण २५ जनाको ज्यान गएको छ । जसमा सन्धिखर्क नगरपालिकामा ६ जना, भुमिकास्थान नगरपालिकामा ६, शितगंगा नगरपालिकामा ६ जना, मालारानी गाउँपालीकामा ३ जना, पाणिनी गाउँपालीकामा ३ जना र छत्रदेव गाउँपालीकामा १ जना रहेका छन् । भने आजसम्म जिल्लामा १८६ जना सक्रिय संक्रमितहरु उपचाररत रहेको जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीले जनाएको छ ।
उता सबै गतिविधी ठप्प भएको अर्घाखाँची जिल्लामा बैशाख २० गते राती १२ बजेदेखि वैशाख ३१ गते राती १२ बजेसम्म निषेधाज्ञा जारी भएको छ ।
निषेधाज्ञा अवधिमा खाद्यवस्तु, इन्धन, खाना पकाउने ग्यास, तरकारी, फलफूल, डेरी लगायत अत्यावश्यक सामग्री आपूर्ति गर्ने पसल तथा व्यवसाय बिहान १० बजेसम्म मात्र सञ्चालन गर्न पाइनेछ। त्यस्तै शैक्षिक संस्था, निजी कार्यालय, होटेल रेस्टुरेन्ट तथा पार्टी प्यालेस सञ्चालनमा पनि रोक लगाइने छ ।
औषधि, खाद्यवस्तु तथा अत्यावश्यक वस्तु खरीद गर्न स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गरी निस्किनेबाहेक अरू प्रयोजनमा स्थानीयलाई घर बाहिर निस्किन रोक लगाइएको छ।
केही दिन यता कोरोना संक्रमण बढ्दै गएपछि अर्घाखाँची जिल्लाभरको गतिविधी ठप्प भएको थियो ।
सदरमुकाम सन्धिखर्क, चुत्राबेसी बजार लगायत जिल्लाका सबै पालिकामा चहलपहल, आवतजावतमा कमी हुनुका साथै एकाएक सुनसान हुँदै गएको र जिल्लाभर पसलहरु धमाधम आँफै बन्द हुँदै गएका थिए ।