डिभर्नामा जाप प्लान्टर मेसिनबाट मकै छर्ने कामकाे सुरूवात (भिडियो सहित)
बैशाख २० गते, २०७८ मा प्रकाशित
बसन्त श्रेष्ठ
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वार्ड नम्बर १२ डिभर्नामा व्यवसायिक रूपमा मकैकाे बीउ उत्पादन गर्ने लक्ष्यका साथ आधुनिक प्रबिधिबाट जाप प्लान्टर मेसिनबाट मकै छर्ने कामकाे सुरूवात भएकाे छ ।
डिभर्नामा सूर्याेदय बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले व्यवसायिक रूपमा मकैकाे बीउ उत्पादन गर्ने लक्ष्यका साथ आधुनिक प्रबिधिबाट जाप प्लान्टर मेसिनबाट मकै छर्ने कामकाे सुरूवात गरेको हो ।
यहाँ झण्डै ५० कुईन्टल उन्नत बीउ उत्पादन गर्ने लक्ष्य सहित याे वर्ष सहकारीले किसानलाई सहुलियतमा मल, ५० प्रतिशत अनुदानमा बीउ र कृषि औजार सेवा दिएपछि किसानहरूमा खुसीयाली छाएकाे छ ।
मकैकाे पकेट क्षेत्र यस वार्डमा उत्पादित बीउ सहकारीले नै खरिद गरि बजारीकरणकाे व्यवस्था गर्ने छ ।