अर्घाखाँचीमा दोस्रो पटक गरिएको लकडाउनको पहिलो दिन सुनसान | सबै घर भित्र (फोटो फिचर)


बसन्त खड्का | अर्घाखाँचीडट्कम संवाददाता 
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लामा गएरातीदेखि गरिएको लकडाउनको कारण पहिलो दिन मंगलवार सुनसान भएको छ । 
लकडाउनको कारण पहिलो दिन मंगलवार सन्धिखर्क, चुत्राबेसी लगायत जिल्लाभरका सबै पालिकामा ठप्प हुनुका साथै सुनसान भएको हो । 
हिजो बैशाख २० गते राती १२ बजेदेखि शुरु भएको लकडाउन वैशाख ३१ गते राती १२ बजेसम्म जारी रहने छ ।  गत वर्ष जिल्लामा लामो समय गरिएको लकडाउन पछिको यो दोस्रो पटक हो । 
जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीका अनुसार लकडाउनको बेला अत्यावश्यक सेवा बाहेकका सबै क्षेत्र बन्द हुनेछन् । 
लकडाउन अवधिमा खाद्यवस्तु, इन्धन, खाना पकाउने ग्यास, तरकारी, फलफूल, डेरी लगायत अत्यावश्यक सामग्री आपूर्ति गर्ने पसल तथा व्यवसाय बिहान १० बजेसम्म मात्र सञ्चालन गर्न पाइनेछ। त्यस्तै शैक्षिक संस्था, निजी कार्यालय, होटेल रेस्टुरेन्ट तथा पार्टी प्यालेस सञ्‍चालनमा पनि रोक लगाइएको छ ।
औषधि, खाद्यवस्तु तथा अत्यावश्यक वस्तु खरीद गर्न स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गरी निस्किनेबाहेक अरू प्रयोजनमा स्थानीयलाई घर बाहिर निस्किन रोक लगाइएको छ।
केही दिन यता कोरोना संक्रमण बढ्दै गएपछि अर्घाखाँची जिल्लाभरको गतिविधी ठप्प भएको थियो । जिल्लामा सक्रिय कोरोना संक्रमितको संख्या १८६ जना पुगेको छ । गतवर्षदेखि हालसम्म काेराेना संक्रमणका कारण २६ जनाको ज्यान गएको छ ।
सोमबार कोरोना विवरण यस्तो छ:-