अर्घाखाँचीमा पानी परेपछि किसानहरुलाई मकै छर्न चटारो | जारी लकडाउनको समय सदुप्रयोग (फोटो फिचर)


दीपेन्द्र पौडेल 
हंसपुर, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लामा किसानहरुलाई मकै छर्ने चटारो परेको छ ।
केहीदिन यता पानी परेकोले जिल्लाभरका सबै ६ पालिकाका किसानहरुलाई मकै छर्ने चटारो परेको हो । उनिहरुले वैशाख ३१ गतेसम्मको जारी लकडाउनको समय पनि सदुप्रयोग गर्न पाएका छन् । 
उता मालारानी गाउँपालिका वार्ड नम्बर ६ हंसपुरको मेहेलपानीका किसानहरुलाई पनि मकै छर्न चटारो परेको छ । 
समयमै पानी परेकोले मकै राम्रैसँग उम्रनुका साथै किरा पटयाग्राको डर पनि कम हुने आशा रहेको उनिहरुको भनाई छ । आफूहरुको स्कुल बन्द रहेको माहामारीमा अन्य मानिसलाई खोज्दा कोरोना जोखिम हुने भएकोले अमरसिंह मावी सौतामारे कक्षा ९ मा पढ्ने बिबस राउत र उनका भाई  ७ मा अध्यायन गर्ने बिमलले  आफ्नो काम आफै गर्दा जोखिम पनि नहुने आमा बुवा खुसी पनि हुने, लकडाउन भएको बेला सबैले   घरेलुु काम गरेर आमा बुवालाई सहयोग गरे राम्रै हुन्छ उनको कथन थियोे । 
जिल्लामा वैशाख र जेठ महिनापछि मकै छर्न, धानको ब्याड राख्न किसानहरु व्य्वस्त हुने गर्दछन् ।