अर्घाखाँचीमा मंगलवारसम्म सक्रिय कोरोना संक्रमितको संख्या २२९ जना | ८ जनाले कोरोना जिते | गत वर्षदेखि आजसम्म २६ जनाको मृत्‍यु


अर्घाखाँचीडट्कम संवाददाता 
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लामा आजसम्म सक्रिय कोरोना संक्रमितको संख्या २२९ जना पुगेको छ ।
पछिल्लो २४ घण्टामा थप ४३ जनामा कोरोना संक्रमित थपिएका हुन् । 
जसमा सन्धिखर्क नगरपालिकामा १२७ जना, भूमिकास्थान नगरपालिकामा ७४,  शितगंगा नगरपालिकामा १४,   मालारानी गाउँपालिकामा १७,    पाणिनी गाउँपालिकामा ८,    र छत्रदेव गाउँपालिकामा १६ जना संक्रमित रहेका छन् । 
जिल्लामा गत वर्षदेखि आजसम्म संक्रमितको संख्या १०५६ जना पुगेको छ । जसमा सन्धिखर्क नगरपालिकामा ५१४  जना, भूमिकास्थान नगरपालिकामा १९१, शितगंगा नगरपालिकामा १२६, मालारानी गाउँपालिकामा १११,  पाणिनी गाउँपालिकामा ४३  र छत्रदेव गाउँपालिकामा ७१  जना संक्रमित रहेका छन् ।   
यस्तै जिल्लाबाट आज ८ जनाले कोरोना जितेका छन् । जसमा गत वर्षदेखि आजसम्म  ८०१  जनाले कोरोना जितेका छन् ।  जसमा सन्धिखर्क नगरपालिकामा ३८१  जना, भूमिकास्थान नगरपालिकामा १३८,  शितगंगा नगरपालिकामा १०६, मालारानी गाउँपालिकामा ८९,   पाणिनी गाउँपालिकामा ३२   र छत्रदेव गाउँपालिकामा ५५ जनाले कोरोनालाई जितेका हुन् ।
यस्तै पछिल्लो २४ घण्टामा मालारानी गाउँपालिकामा १ जनाको संक्रमणबाट मृत्यु भएको छ । जिल्लामा हालसम्म काेराेना संक्रमणका कारण २६ जनाको ज्यान गएको छ । जसमा सन्धिखर्क नगरपालिकामा ६ जना, भुमिकास्थान नगरपालिकामा ६, शितगंगा नगरपालिकामा ६ जना, मालारानी गाउँपालीकामा ४ जना, पाणिनी गाउँपालीकामा ३ जना र छत्रदेव गाउँपालीकामा १ जना रहेका छन् । 
मंगलबार  कोरोना विवरण यस्तो छ: