अर्घाखाँची अस्पताललाई सन्धिखर्क नगरपालिकाद्वारा चार थान अक्सिजन सिलिन्डर सहयाेग


हरिप्रसाद भुसाल 
सन्धिखर्क, अर्घाखाँची । अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिकाले अर्घाखाँची अस्पताललाई अक्सिजन सिलिन्डर सहयाेग गरेकाे छ ।
एक अनाैपचारिक कार्यक्रमका विच नगरप्रमुख कमल प्रसाद भुसालले अस्पताल प्रमुख डा. कपिल गाैतमलाई चार थान अक्सिजन सिलिन्डर हस्तान्तरण गर्नुभएकाे हाे ।
कार्यक्रममा अस्पताल प्रमुख डा गा‌ैतमले विपतकाे बेला अक्सिजन सहयाेग गरेकाेमा धन्यवाद व्यक्त गर्दै धन्यवाद व्यक्त गर्नुभएकाे थियाे भने नगरप्रमुख भुसालले जाेखिम न्युनकरणका लागि सक्दाे प्रयास गर्ने प्रतिवद्दता व्यक्त गर्नुभएकाे थियाे ।
कार्यक्रममा सन्धिखर्क नगर उपप्रमुख ठाकुुर कुमार विक, स्वास्थ्य शाखा प्रमुख पुर्ण पराजुली, सव ईन्जिनियर हरि बाेहरा लगायतकाे समेत उपस्थिति रहेकाे थियाे ।