अर्घाखाँचीडट्कम संवाददाता
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लामा प्रमुख जिल्ला अधिकारी जारी निशेधाज्ञाको अवस्था र कोरोना भाइरस संक्रमितको स्वास्थ अवस्था बुझ्न विभिन्न गाउँमा पुगेका छन् ।
अर्घाखाँचीमा गरिएको निशेधाज्ञा कत्तिको प्रभावकारी बनेको छ ? अनी यो विचमा स्थानियहरुको प्रतिक्रिया कस्तो रहेको छ र निशेधाज्ञाका कारण कसैलाई भोक तथा उपचारवाट बन्चित हुनु परेको त छैन ? लगायतका विषयमा जानकारी लिनका लागि प्रजिअ विष्णु पौडेल सहितका जिल्लास्थीत सुरक्षा प्रमुखहरु आज भुमिकास्थान नगरपालिका हुदै प्युठानको सिमानासम्म पुगेका हुन् ।
अर्घाखाँचीका प्रमुख जिल्ला अधिकारी कोरोना भाइरस संक्रमितको स्वास्थ अवस्था बुझ्न विभिन्न वडामा पुगेका छन् । बिहीबार प्रमुख जिल्ला अधिकारी बिष्णु पौडेल सहितका सुरक्षा प्रमुखहरु जिल्लाको विभिन्न वार्डमा पुगि संक्रमितको स्वास्थ अवस्था बारे जानकारी लिएका हुन् ।
उता जिल्लामा लकडाउनको तेस्रो दिन जिल्ला सुनसान, ठप्प छ ।
ठप्प सन्धिखर्क:-