अर्घाखाँचीडट्कम संवाददाता
काठमाडौँ (अर्घाखाँचीडट्कम) । उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री एवं नेकपा एमालेका माेर्चा संगठन ईन्चार्ज टोपबहादुर रायमाझी कोरोना मुक्त भएका छन् ।
मन्त्री रायमाझीको ११ दिनपछि आज बिहिबार कोरोना रिपोर्ट नेगेटिभ आएको हो ।
कोरोना संक्रमणका कारण काठमाडौं स्ठित वीरेन्द्र सैनिक अस्पताल छाउनीमा भर्ना भएका उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री एवं नेकपा एमालेका माेर्चा संगठन ईन्चार्ज टोपबहादुर रायमाझी स्वास्थ्य अवस्था सुधार आएपछि वैशाख २० गते सोमबार डिस्चार्ज भएका थिए ।
योसँगै मन्त्री रायमाझी नियमित जनताको सेवामा फर्कने बताएका छन् ।
मन्त्री रायमाझीलाई वैशाख १३ गते सोमबार काठमाडौं स्ठित राष्ट्रिय सरूवा रोग अस्पताल टेकुमा परिक्षण गर्दा कोरोना पुष्टि भएको थियो ।
पिसिआर जाँच गर्दा मन्त्री रायमाझीको श्रीमती योगमाया रायमाझी, छोरा सन्दिप रायमाझी, छोरी सन्ध्या रायमाझी, ज्वाइँ बद्री थापा र निजी सचिव नारायण खत्री सहित सात जनालाई पनि कोरोना पुष्टि भएको थियो । उनिहरु सबैको पनि कोरोना रिपोर्ट भने नेगेटिभ आएको छ ।
यस्तै वैशाख १३ गते मन्त्री रायमाझीका स्वकीय सचिव लिला जिसी र प्रेस संयोजक अर्जुन भुसालको कोरोना रिपोर्ट भने नेगेटिभ आएको थियो ।