रहरको विवाह, मेरो अनुभुती र अहिलेको परिस्थिती


निरु आचार्य ” नवरश्मी”
छत्रदेब, अर्घाखाँची 
काठमाडौं । मध्यम बर्गिय परिवारमा जन्मिएका हामी बुबाआमाले शिक्षा दिक्षाको लागि कुनै कसुर बाँकी नराखी , भोकै पढ्न नजाउन भनेर आमा आफु बिरामी पर्दा पनि बिहानै झिसमिसेमै उठेर आठ बज्न नपाउदै खाना तयार पारी खुवाउनुहुन्थ्यो । कृषि कार्यमा समेत अब्बलता राख्ने बुबा बिहानै दुई सुर्पो चिया पिएर पानी नभनी , चर्को घाम नभनी, गर्मि महिनामा तपतप पसिना चुहिनेगरि  त कैले जाडो लाग्दा चिसोले हातखुट्टा कठन्र्याउदै बारीमा काम गर्न जानुहुन्थ्यो ..हाम्रो पेट भराउनको लागि अनि हाम्रो सुन्दर भबिस्यको लागि ।
हो, आजपनि मलाई धेरै सम्झना छ । छोरीछोरी जन्मायो भनेर नजिकैको छिमेकीले तेरो त अपुतालि जाने भयो छोरा भएनन् भनेर धारेहात लगाउदै बोलेका शब्दहरु । त्यस क्षेत्रकै सबल, शिक्षित र राम्रो मानिने हाम्रो परिवार छिमेकीका नराम्रा शब्दहरु , मामाघरमा हजुरबुबालाई कान्छी छोरीको नाती हेर्ने चाहना, पुरुषप्रधान समाज ..हो । यस्तै यस्तै कारणहरुले गर्दा हामी छ छोरीहरुलाई जन्माउनुभएको हो । कान्छी बहिनी जन्मिएपछि सातौं  सन्तानको रुपमा जव तिमी जन्मियौ नि भाई, ति धारे हात लाएर वचन लाउने छिमेकी हेरेको हेरै भए , हजुरबुबाको नाती हेर्ने चाहना अनि हाम्रो पनि भाई भयो भन्दै खुशीले बुरुक बुरुक उफ्रिएको म कसरी बयान गर्न सक्छु र ?
 
भाई तिमी जन्मिदा म झन्डै ४ बर्षकि थिए ,त्यति बुझ्न सक्ने त भएकि थिइन तर भाइ जन्मियो रे भनेर गाउभरिका मान्छेहरू हेर्न आउन लागेको भिड , त्यो प्रसव पिडा माथीको आमाको खुशी झलझली याद आउछ । जन्मिएको छैटौं दिनमा छैटी/ भजन  गाउँदा सबै आफ्न्त इस्टमित्र  फन्किएर भजनमा नाच्दा प्रसव पिडाले रोमलिएकी आमा पनि नाच्न बुरुक बुरुक  हुनु भएको थियो । 
आर्थिक अभावको बाबजुदपनि हामिलाई कहिले भोको पेट सुताउनु भएन । जिन्दगी सङ्घर्ष हो भन्ने कुरा बुबाबाट सिकेको हुनाले  आज पनि हामीहरु संघर्ष गर्न डराउदैनौ । ऋण लिई दुखसुख गरेर हामि छ जना छोरीहरुको बिबाह नि गरिदिनुभयो तर आफ्नो इज्जत, स्वाभिमानमा कहिले आच आउन दिनुभएन ।
वर्षौदेखि भाईको बिबाह  त यसरी  गर्नुपर्छ, रमाइलो गर्नुपर्छ भनेर कुरा गरिरहने हामी भाईको बिबाहमा जन्ति जाने भनेर महिनौं अघि सामान खरिद गरेर बुरुक बुरुक भएको मन एक्कासी कोरोना बढेर उपस्थित हुन सकिएन । छ दिदिबहिनीमध्मे सौभाग्यले एक दिदिमात्र  जन्त जाने अवसर  जुर्यो । कोरोनाको अन्त्यसँगै भोज गरेर, भेट गरेर खुशी साट्औला नि भाई । चाहना त बुबा आमासँग सबैको थियो नि पन्चेबाजा बजाएर, धेरै आफन्त बोलाएर जन्त जाने ,भोज गर्ने तर त्यो सपना कोरोनाले मेटाइदियो ।
लामो समयदेखि  बिग्रेर  थन्किएको क्यामेरा बनाएर बिहेमा राम्रो राम्रो फोटो अनि भिडियो खिचौला भनेर बिहेको दिन प्रतीक्षा गरेर बसेको हामी विश्वाब्यापी रुपमा फैलिएको कोरोनाले सबै सपना चकनाचुर बनाए दियो तर पनि घरमा एक असल ब्यक्ती जो गरिब दुखी र असहायको लागि आफ्नो जिवन सपर्पित गर्नुपर्छ भन्ने सोच भएकि नारी भित्रीदा हाम्रो घर नै सुन्दर हुनेछ । 
हामीलाई अझै तिमी सानै लाग्छ भाई ,बोक्ने उचाल्ने भनेर तानातान गरेको भर्खरै जस्तो लाग्छ हेर्दाहेर्दै लगनगाठाेमा कसिदै छौं ,त्यो मायाको गाठाे नचुडियोस । तिमी जन्मिएर परिवारमा आफन्तमा थपिएको खुशी बढाउदै लैजाउ है भाई धारे हात लगाउदै सराप्ने छिमेकीको अगाडी धेरै खुशी बनाएर राख्नु है भाई ।
सानै उमेरमा धेरै दुख गरेर त्यहाँसम्म पुग्यौं आफ्नो खुट्टामा आफै उभिने भयौ । फलानाको भाई त आहा भनेर सधै उदाहरण दिने तथा गर्ब गर्ने काम गर्दै जानु है । जसरी अहिले पनि तिम्रो बारेमा कुरा गर्दा मेरो भाई गर्ब गर्न तथा छाती फुलाउन पाएका छौ साथै आगामी दिनमा यसैगरी गर्ब गर्न पाइयोस् ।
 
भौतिक रुपमा उपस्थित हुन् नपाए पनि धेरै धेरै आशीर्वाद सँगै माया छ । बैबाहिक जिबनको असिम सुभकामना प्यारो भाई ।