अर्घाखाँचीका सबै स्थानीय तहहरु अक्सिजन सिलिण्डर विहीन | जिल्ला अस्पतालको भर


अर्घाखाँचीडट्कम संवाददाता
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाका ६ वटा स्थानीय  तह अक्सिजन सिलिण्डर विहीन रहेको पाइएको छ । 
कोरोना संक्रमित दैनिक बढेता पनि जिल्लाका स्थानीय तहमा भने अक्सिजन सिलिण्डर विहिन रहेको पाइएको हो । 
जिल्लाका सबै स्थानिय निकायहरु जिल्ला अस्पतालमा भर पर्नु परेको छ । जिल्ला अस्पतालका प्रमुुख डा. कपिल गौतमले गत वैशाख १८ गते शनिवार काठमाडौं, बुटवलबाट ३० वटा अक्सिजन सिलिण्डर लिएर आएका थिए । सन्धिखर्क नगरपालिकाले बिहीवार चार थान अक्सिजन सिलिन्डर हस्तान्तरण गरेको थियो । जिल्ला अस्पतालमा अहिले अक्सिजन जडित आइसाेलेसन तयार गरिएको छ ।  
अधिकांश स्थानीय तहमा अक्सिजन कन्सन्ट्रेटर रहेको भए पनि अक्सिजन सिलिण्डर भने छैन् । सन्धिखर्क नगरपालिका, भूमिकास्थान नगरपालिका,  शितगंगा नगरपालिका,  मालारानी गाउँपालिका,   पाणिनी गाउँपालिका,  र छत्रदेव गाउँपालिकाका सबै  स्वास्थ्य चौकीमा अक्सिजन कन्सन्ट्रेटर भएपनि पालिका मातहतका स्वास्थ्य संस्थामा अक्सिजन सिलिण्डर नभएको ति स्वास्थ्य शाखाहरुले अर्घाखाँचीडट्कमलाई  बताइएका छन् ।
उता जिल्लाको शितगंगा नगरपालिका स्थित ठाडा स्वास्थ्य चौकीमा अक्सिजन जडित आइसाेलेसन तयार गर्ने बताईएको छ ।     
सबै स्वास्थ्य संस्थामा अक्सिजन कन्सन्ट्रेटर छ तर अक्सिजन सिलण्डर भने नभएको बताएको छ ।  साथै केहीमा अक्सिजनका खाली सिलिण्डर रहेका छन् ।