अर्घाखाँचीडट्कम संवाददाता
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । कोरोना संक्रमणका कारण अर्घाखाँची जिल्लाका २ जनाको ज्यान गएको छ ।
कोरोना संक्रमणका कारण अर्घाखाँची जिल्ला सन्धिखर्क नगरपालिका-११ डिभर्नाको श्री विजय मावीका शिक्षकको निधन भएको हो । उनको काठमाडौंमा उपचारको शिलशिलामा गएराती मृत्यु भएको थियो ।
यस्तै सन्धिखर्क नगरपालिका वार्ड नम्बर २ चुत्रावेसीको मसाल बजारका व्यवसायी ४१ वर्षिय पुरुषको संक्रमणका कारण निधन भएको छ। उनको आज शुक्रबार बिहान करिब ११:३० बजे जिल्ला अस्पताल अर्घाखाँचीमा निधन भएको हो । उनको बैशाख २२ गते कोरोना रिपोर्ट पोजेटिभ आएको थियो । उनी गोखुङ्गाका हुन् ।
अर्घाखाँचीडट्कमको रेकर्ड अनुसार काेराेना संक्रमणका कारण जिल्लामा हालसम्म ३० जनाको ज्यान गएको छ ।