अशोक खनाल
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सन्धिखर्कमा डिसिसिएमसीको बैठक सम्पन्न भएको छ ।
प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री चेतनारायण आचार्यको प्रमुख आतिथ्यतामा सम्पन्न बैठकले वैशाख २० गते रातीदेखि जिल्ला मा गरेको निषेधागज्ञा कार्यान्वयनको समिक्षा गर्दै , कोबिड १९ को संक्रमण दिन प्रती दिन बढ्दै गई रहेको अवस्थालाई मध्यनजर गर्दै संक्रमणलाई नियन्त्रण गर्न आबस्यक पर्ने पिपिइ, माक्स, एन्टिजेन कीट लगायत स्वास्थ सामाग्री र आईसियु सहितको एम्बुलेन्स सहितको व्यवस्थाको लागि प्रदेश सरकारसँग पहल गरिदिनु हुन् मन्त्रीलाई अनुरोध गर्दै , हाल जिल्ला अस्पतालमा कोबिडको कारण मृत्यु हुने व्यक्तिको शब ब्यबस्थापनको लागि सन्धिखर्क आसपासको क्षेत्रमा उपयुक्त जग्गा पहिचान गर्ने निर्णय गर्नुका साथै कोबिड १९ नियन्त्रणका लागी जिल्ला प्रशासन कार्यालयको नाममा आन्तरिक मामिला तथा कानुन मन्त्रालयबाट प्राप्त हुने रकम थप जनशक्ति ब्यबस्थापनको लागी अर्घाखाँची अस्पताललाई हस्तान्तरण गर्ने निर्णय गर्नुका साथै जनसमुदायमा फैलिएको संक्रमणको सन्दभमा कन्ट्राक ट्रेसिङ गरि एन्टिजेन कीटको परिक्षणको दायरालाई बढाउने र संक्रमीत बिरामीको उपचारको लागि यथासिग्र कोबिड १९ अस्पताल सन्चालन गर्ने र यस अगाडि भएका निर्णयलाई सबै तह र तप्काले कार्न्ययन गर्ने निर्णय गरिएको छ।
बैठकमा प्रदेश सभा सदस्य रामजी प्रसाद घिमिरे जिल्ला स्थित शुरक्षा निकायका प्रमुखहरु जिल्ला समन्वय प्रमुख अर्घाखाँची अस्पताल का प्रमुख स्वास्थ कार्यालयका प्रमुख रेड्क्रस सभापति लगायतको उपस्थितमा सम्पन्न बैठकको अध्यक्षता प्रमुख जिल्ला अधिकारी बिष्णु पौडेलले गर्नु भएको थियोे ।