अर्घाखाँची राष्ट्रसेवक समाजको बिदाई तथा स्वागत कार्यक्रम सम्पन्न | नयाँ अध्यक्षमा माधब बेल्बासे चयन


अर्घाखाँचीडट्कम संवाददाता 
काठमाडौं (अर्घाखाँचीडट्कम) । अर्घाखाँची राष्ट्रसेवक समाजको शुभकामना आदान प्रदान तथा बिदाई र स्वागत कार्यक्रम सम्पन्न भएको छ । 
सेवा निवृत्त भएका समाजका अध्यक्ष ऊर्जा, जलश्रोत तथा सिँचाइ मन्त्रालयका सचिव मधुसुदन अधिकारीको बिदाई र समाजका नयाँ चयन भएका अध्यक्ष खानेपानी मन्त्रालयका सचिव माधब बेल्बासेको स्वागत कार्यक्रम भर्च्यूयल रूपमा शुक्रबार सम्पन्न भएको हो ।
अधिकारीले निजामती सेवामा २२ वर्ष सेवा अवधिपछि बिहीबारदेखि अनिवार्य अवकाश भएका छन् । भूमि व्यवस्थापन प्रशिक्षण केन्द्रको प्रशिक्षकबाट जागिरे यात्रा प्रारम्भ गरेका अधिकारीले १० वर्ष प्रशिक्षक र २ वर्ष कार्यकारी निर्देशक गरी १२ वर्ष प्रशिक्षण केन्द्रमा, करिब साढे तीन वर्ष उपमहानिर्देशक र १ वर्ष महानिर्देशक गरी करिब साढे चार वर्ष नापी विभागमा काम गरे । कायममुकायम सचिव र सचिव गरी दुई पटकमा एक वर्ष पाँच महिना राष्ट्रिय पुनर्निर्माण प्राधिकरणमा बिताएका सचिव अधिकारीले १ वर्ष जल तथा ऊर्जा आयोगको सचिवालयमा, १ वर्ष भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा र एक वर्ष बढी सहरी विकास मन्त्रालय हुँदै साढे सात महिना पछि ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयबाट अवकाश लिएका हुन् ।
साथै समाजले संस्थाको बिधान अनुरूप ज्येष्ठताका आधारमा  खानेपानी मन्त्रालयका सचिव माधब बेल्बासेलाई पदेन अध्यक्ष चयन गरेको छ ।
जुम बैठकमा उपस्थितिले निबर्तमान अध्यक्षलाई सुखद र सक्रिय सेवा निबृत्त जीवनको हार्दिक शुभकामनाका साथै बर्तमान अध्यक्षलाई सफल कार्यकालको शुभकामना दिएका थिए ।