खाँचीकोटको फुदवाङ – सुपादेउराली जोड्ने मोटरबाटो लाखौं खर्चे पनि उस्तै, झन जोखिम [ फोटो सहित ]
बैशाख २५ गते, २०७८ मा प्रकाशित
२०७८ वैशाख २०, सोमवारमा प्रकासित
अर्घाखाँचीडट्कम संवाददाता
खाँचीकोट, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वार्ड नम्बर ७ खाँचीकोटको फुदवाङ – सुपादेउराली जोड्ने मोटरबाटो लाखौं खर्चे पनि रुखका जराहरु नफाल्दा झन अस्तव्यस्त भएको छ ।
खाँचीकोटको फुदवाङदेखि डिहिडाँडा बगैंचासम्मको १ किलो मोटरबाटोमा रुखका जराहरु समेत नफाली मर्मत, विस्तार गरेपछि सवारी साधन तथा पैदल यात्रुहरुले सास्ती बेहोर्नु परेको हो ।
फुदवाङ – सुपादेउराली जोड्ने मोटरबाटोको उक्त क्षेत्रमा १५ लाखको टेन्डरमा डबल कटिङ्ग खनिएको थियो । डबल कटिङ्ग गर्दा बाटोमा ढलेका १०/१५ वटा आपका जराहरु अब्यबस्थित छाडिएको छ । बाटो झन साँगुरो भएको छ।
बाटो खानेको १ महिना भएको छ । २ पटकमा डबल कटिङ्ग खनेको बाटोमा टिप्पर डिड्दा, पैदल हिड्नसम्म गारो भएको छ । बाटोको फिनिसिङ्ग पनि छैन् भने खाल्डा खुल्डी बाटा भरि देख्न सकिन्छ ।
उता लाखौं खर्चेर खन्दा पनि एउटाको झरा समेत नफालेको भन्दै स्थानियबासीहरु रुष्ट भएका छन् । १५ लाखको आधा काम पनि नभएको उनिहरु बताउन्छन् ।