अर्घाखाँची जापान समाजद्धारा अर्घाखाँची अस्पताललाई अक्सिजन कन्सन्ट्रेटरको लागि आर्थिक सहयाेग


अर्घाखाँचीडट्कम संवाददाता 
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जापान समाजले जिल्ला अस्पताल अर्घाखाँचीलाई ५ वटा अक्सिजन कन्सन्ट्रेटर  “इलेक्ट्रिक अक्सिजन मेसिन”  खरिद गर्नको लागि आर्थिक सहयाेग गरेको छ । 
अर्घाखाँची जापान समाजका अध्यक्ष बाबुराम पौडेल लगायतको सक्रीयतामा जिल्ला अस्पताल अर्घाखाँचीलाई ५ वटा अक्सिजन कन्सन्ट्रेटर  “इलेक्ट्रिक अक्सिजन मेसिन” खरिद गर्नको लागि चार लाख पचास हजार(४,५०,०००) बराबरको आर्थिक सहयाेग गरेको हो ।
सहयोग रकम नेपाल पत्रकार माहासंघ शाखा अर्घाखाँचीका जिल्ला अध्यक्ष अशोक खनालको “नेपाल राष्ट्रिय बाणिज्य बैंक” को खातामा पठाइएको समाजले बताएको छ ।    
अस्पतालका प्रमुख डाक्टर कपिल गौतमलका अनुसार “इलेक्ट्रिक अक्सिजन मेसिन” अर्डर भईसकेको र केही दिन भित्रमा अर्घाखाँची अस्पतालमा आइपुग्ने छ । 
समाजले जिल्लाका स्वास्थ्य क्षेत्र लगायतका बिभिन्न सामाजिक कार्यका लागि निरन्तर सहयोग गर्दै आएको छ ।