अर्घाखाँचीकी एक चेलीको ओमानमा निधन


अर्घाखाँचीडट्कम संवाददाता 
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको पाणिनी गाँउपालिका वार्ड नं ७ अड्गुरीको झन्द्रेककी एक चेलीको ओमानको  सललमा निधन भएको छ । 
अड्गुरीको झन्द्रेक ( माईती घर खाँचीकोटको प्रगतिनगर- भालुखोला) की ३९ वर्षिया शोभा टण्डन थापाको ओमानको   सललमा शुक्रबार निधन भएको हो ।
१४ बर्षदेखि बैदेशिक रोजगारका क्रममा ओमानको सललमा रहेकी शोभाको स्थानिय अस्पतालमा उपचारका क्रममा निधन भएको हो ।
९ दिनदेखि उनको स्वास्थ्यमा समस्या रहेको थियो ।  उनलाई ज्वरो र श्वास–प्रश्वासमा समस्या रहेको र साथै कोरोना पोजिटिभ पनि देखिएको बताइएको छ ।  
उनका श्रीमान स्व. जय बहादुर टण्डनको पहिले नै निधन भएको थियो । भने उनका एउटा छोरा सुदन टण्डन रहेका छन् ।  
उनि रक्तिम सास्कृतिक अभियानकी जिल्ला स्तरीय पुर्व कलाकार पनि थिइन् ।