अर्घाखाँचीका जिब बेल्बासे बेलायतको अल्डरसट विलिङटन वार्डको काउन्सिलरमा निर्वाचित


अर्घाखाँचीडट्कम संवाददाता 
लन्डन (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको भूमिकास्थान नगरपालिका वार्ड नम्बर ६  (साबिक खिल्जी गाउँ विकास समिति ) का जीव बेल्वासे बेलायतस्थित अल्डरसट विलिङटन वार्डको काउन्सिलरमा जिब बेल्बासे निर्वाचित भएका छन् । 
बेलायतको अल्डरसट विलिङटन वार्डमा कन्जरभेटिभ पार्टीका उम्मेदवार एवं समाजसेवी ५४ वर्षिय खिल्जीका  जिब बेल्बासे काउन्सिलर पदमा निर्वाचित भएका हुन् । 
बिहीबार सम्पन्न निर्वाचनको शुक्रबार बेलुकी सार्वजनिक परिणाम अनुसार बेल्वासे ५८७ मतसहित निर्वाचित भएका छन् । उनका निकटतम प्रतिस्पर्धी लेबर पार्टीका उम्मेदवारले ४०२ मत प्राप्त गर्नुभयो भने अर्का प्रत्यासीले ८१ मत मात्रै प्राप्त गरेका थिए ।
निर्वाचन कमिटीका अनुसार बेल्बासे उम्मेदवार रहेको वडामा पोस्टल र प्रत्यक्ष गरी जम्मा १०७९ मत खसेको थियो भने उनी निर्वाचित भएको वडामा यसअघि पनि कन्जरभेटिभ पार्टीका तर्फबाट नेपाली समुदायका प्रवेश केसी काउन्सिलर थिए ।
काउन्सिलर निर्वाचित बेल्वासेले लामो समयदेखि रश्मोर क्षेत्रमा स्थानीय नेपाली र बेलायती समुदायसँग नजिक रहेर काम गर्दै आएका थिए ।  
खिल्जीमा जन्मेका बेल्बासे सन् २००१ देखि बेलायत बसाई शुरु गरेका थिए । त्यसअघि नेपालमा नेपाल प्रहरीमा अधिकृतको जागिरे बेल्बासे बेलायतमा गैरआवासीय नेपाली संघ (एनआरएनए यूके) मा (२००५) मा आबद्ध भएर तीन कार्यकाल काम गरेक थिए । एनआरएनए यूकेमा प्रवक्ताको जिम्मेवारी पनि सम्हाल्नुभएका उनी बेलायतवासी नेपालीहरुको साझा संस्था ग्रेटर रसमोर नेपाली कम्युनिटीमा पनि २००३ देखि नै आबद्ध थिए ।  ग्रेटर रसमोर नेपाली कम्युनिटीका निवर्तमान अध्यक्ष समेत रहेका बेल्बासेले स्थानीय समुदायमा पु¥याएको योगदानको कदरस्वरुप बीबीसी कम्युनिटी हिरो अवार्ड, ह्याम्पशायर हाई सेरिफ अवार्ड जस्ता प्रतिष्ठित सम्मान प्राप्त गरिसकेका छन् । अर्घाखाँचीडट्कम