अर्घाखाँचीडट्कम संवाददाता
ठुलापोखरा, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको छत्रदेव गाउँपालिका वार्ड नं ६ ठुलापोखरामा रहेको स्वास्थ्य चौकीले बिरामीलाई औषधी नदिएको भन्ने दावीको खण्डन गरेको छ ।
ठुलापोखराकी आकृति पाण्डेले आफु क्षयरोगी बिरामीलाई औषधी दिन इन्कार गरेको दावीको स्वास्थ्य चौकीले खण्डन गरेको हो ।
स्वास्थ्य चौकीका सदस्य सचिव विश्वदेब न्यौपानेले आफुलाई क्षयरोगको औषधी नदिई फर्काएको विरामी पाण्डेले आरोप लगाएकी छिन् ।
स्वास्थ्य चौकीले कागजात, प्रमाणका आधारमा औषधी दिने र मौखिक आधारमा दिन नसक्ने स्पस्ट पारेको छ। तर आकृतिले सबै विरामी कागजात, प्रमाण देखाउदा पनि औषधी नपाएको बताइएकी छिन् ।
आकृतिले भनिन्; “मलाई सरकारी औषधिको जरुरत थियो। त्यो औषधी स्वास्थ्यचौकी बाहेक बाहिर कुनै पनि औषधि पसलमा पाइँदैन। काठमाडौंदेखि गाउँ गएकी म औषधी सकिएको हुनाले म औषधीको लागि स्वास्थ्यचौकी पुगे। त्यहाँ पुग्दा मलाई त्यहाँको डाक्टरले म तलाई औषधी दिन्न त जोसुकै हो, मतलाई औषधी दिन्न भन्नुभएको थियो। यहाँदेखि मलाई डाक्टरले तपाई जहाँ गएपनि औषधि पाउनुहुन्छ स्वास्थ्य चौकीमा तपाईंसँग कार्ड हुनुपर्यो भन्नुभएको थियो। मैलेपनि अरु ठाउँ देखि चाहे बुटवल होस चाहे ठाडा होस त्यहाँ रहुन्जेल त्यहाँदेखि औषधी पाइरहेकी थिएँ। हो म टिबीको बिरामी थिए। टाउकोमा दाग थियो जुन काठमाडौंमा उपचार गर्दा डाक्टरले टिबी हो भन्नुभएको थियो। त्यसैले यसको औषधि स्वास्थ्यचौकी बाहेक अन्त कतै पनि किन्न पाइँदैन स्वास्थ्यचौकीमा पनि निशुल्क पाइन्छ। यो औषधि नियमित खानुपर्ने हुन्छ एकदिन पनि छुटाउनु हुँदैन तर त्यहाँको डाक्टरले मलाई नदिने भन्नुभयो अनि म धेरै रोए। हिम्मत गरेर मैले मानीपोखरा फोन गरें त्यहाँदेखि औषधि उपलब्ध भयो। त्यहाँको डाक्टरले हुन्छ हामी दिन्छौं तपाईं आउनुहोस भन्नुभयो र म हरेक हप्ता त्यहाँ जाने गर्थे।
यस्तै खण्डनलाई लिएर आकृतिले आक्रोस पोखेकी छिन् । उनले भनिन्; “म सो स्वास्थ चौकीमा औषधी लिन जाँदा मलाई गरिएको व्यबहार एक बिरामीको नाताले म कसरी सम्हाल्न सके त्यो भोग्ने लाई मात्र थाहा छ र हुन्छ । जति सुकै झुठ प्रसारबाजी गरिएपनि म माथी अन्याय भएको हो मसँग औषधी लिन चाइने सबै कागजात थिए तर मलाई सोहि स्वास्थ चौकीमा जाँदा मैले आकृति प्रकिती कोही चिन्दिन म औषधी दिन सक्दिन भनेर भनेका कुरा मेरा कानमा अझै सम्म गुन्जिएका छन । मेरो स्वास्थ्य व्यवस्था माथी पुर्ण सम्मान छ तर त्यस्ता स्वास्थ्यकर्मी माथी छैन् र म माथी भएको अन्याय अरु कसैलाई नपरोस भन्ने हेतु मैले मेरो अनुभव सेयर गरेकी थिए ।”
उनले अगाडि भनिन्; “समान्य प्रश्न र समान्य हिसाबले बुझ्ने कुरा, यदि मसँग पर्याप्त कागजात नभएको भए मलाई मानिपोखरामा कसरी औषधी दिइयो त? एउटै पालिका भित्र रहेको स्वास्थ चौकीमा मैले औषधी लिन दिइएका कागजात प्रमाण स्वरुप छ्न होला बुझ्न सक्नुहुन्छ । जे खण्डन गरिएको छ त्यो गलत र झुठाे प्रचार हो, मलाई कगजात हुँदा हुँदै औषधी नदिइएको कुरा सत्य हो।