अर्घाखाँचीमा ४७ जनामा कोरोना संक्रमित थपिए, १४ जनाले कोरोना जिते


अर्घाखाँचीडट्कम संवाददाता 
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लामा पछिल्लो २४ घण्टामा थप ४७ जनामा कोरोना संक्रमित थपिएका छन् ।  
जिल्लामा आजसम्म सक्रिय कोरोना संक्रमितको संख्या ४७४ जना पुगेको छ । जसमा सन्धिखर्क नगरपालिकामा २२४ जना, भूमिकास्थान नगरपालिकामा १३९,  शितगंगा नगरपालिकामा १४,  मालारानी गाउँपालिकामा ३६,  पाणिनी गाउँपालिकामा २२  र छत्रदेव गाउँपालिकामा ३९ जना संक्रमित रहेका छन् । 
जिल्लामा गत वर्षदेखि आजसम्म संक्रमितको संख्या १३१४ जना पुगेको छ । जसमा सन्धिखर्क नगरपालिकामा ६१६  जना, भूमिकास्थान नगरपालिकामा २४८, शितगंगा नगरपालिकामा १३१, मालारानी गाउँपालिकामा १३१,  पाणिनी गाउँपालिकामा ५८  र छत्रदेव गाउँपालिकामा ९४  जना संक्रमित रहेका छन् ।   
जिल्लामा गत वर्षदेखि आजसम्म  ८०९  जनाले कोरोना जितेका छन् ।  जसमा सन्धिखर्क नगरपालिकामा ३८३  जना, भूमिकास्थान नगरपालिकामा १३९,  शितगंगा नगरपालिकामा ११०, मालारानी गाउँपालिकामा ८९,   पाणिनी गाउँपालिकामा ३३   र छत्रदेव गाउँपालिकामा ५५ जनाले कोरोनालाई जितेका हुन् ।
अर्घाखाँचीडट्कमको रेकर्ड अनुसार काेराेना संक्रमणका कारण जिल्लामा हालसम्म ३३ जनाको ज्यान गएको छ । 
१४ जना कोरोना जिते
उता अर्घाखाँची अस्पतालबाट आज आईतबार अवेरा एकैदिन १४ जना काेभिड १९ का विरामी डिष्चार्ज भएका छन् ।
 
“१४ जनाले काेभिडलाई जितेर घर फर्कनुभएकाे छ ।” स्वास्थ्य कार्यालय अर्घाखाँचीका सुचना अधिकारी विजय बिकले भन्नुभयाे “काेभिडलाई जित्नेकाे संख्या बढिहेकाे छ ।”
आईतबार कोरोना विवरण यस्तो छ: